• बुधबार २-२-२०८१/Wednesday 05-15-2024

इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना

काठमाण्डौ । नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद २५ करोड जरिवाना भएको छ।

 

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका न्यौपानेलाई विशेष अदालतले आइतबार सजाय निर्धारण गरेको हो।

 

गत चैत २६ गते दोषी ठहर भएका न्यौपानलेलाई आइतबार विशेषका न्यायाधीशहरु टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले सजाय निर्धारण गरेको हो। अख्तियारले उनीविरुद्ध १२ करोड ८४ लाख ८७ हजार ९५५ रुपैयाँ बिगो कायम गर्दै २०७८ माघमा मुद्दा दायर गरेको थियो।

 

बिगोको दोब्बर २५ करोड ६९ लाख ७५ हजार ९११ रुपैयाँ जरिवाना गरिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो।

 

आयोगले तत्कालीन अध्यक्ष न्यौपानेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकोको थियो। तर, अदालतले न्यौपानेलाई दोषी ठहर गर्दै अन्य आठ जनालाई सफाइ दिएको थियो।

 

सफाइ पाउनेमा लवराज भट्टराई, रामरत्न उपाध्याय, हरिप्रसाद पाण्डे, इल्या दीक्षित भट्टराई, प्रेमाकुमारी केसी, उषा न्यौपाने, इन्दिरा उपाध्याय र उपेन्द्र गौतम रहेका छन्। उनीहरु पनि कलेज सञ्चालक हुन्।

प्रतिकृया दिनुहोस

जमुनाहा नाका तीन दिनका लागि बन्द

बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द भएको छ । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा आउँदो (सोमबार) हुने लोकसभा निर्वाचनका लागि

सर्लाही : पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । यस खण्डअन्तर्गत

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि

काठमाण्डौ । आज (शनिबार)देखि ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ । आज रथयात्राको पहिलो दिन मच्छिन्द्रनाथको रथलाई दिउँसो ४ बजेपछि