• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

देशमा साँचो समृद्धिको बाटो अझै सहज छैन : नारायणप्रसाद दाहाल

काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताउनुभएको छ । आज (शनिबार) काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

 

अध्यक्ष दाहालले साँचो समृद्धिको बाटो अझै सहज नरहेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतीहरूको सामाना गर्नुपरेको उल्लेख गर्नुहुँदै अस्थिरताका कारण सोचेअनुरुपको विकास हुन नसकेको बताउनुभयो । उहाँले दुर्गम गाउँहरूमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघसंस्थाहरुले महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

 

अध्यक्ष दाहालले नेपाल प्राकृतिक श्रोत, साधन, सम्पदा र अथाह सम्भावना भएको देश रहेको पनि बताउनुभयो । उहाँले अनुभव, अन्तर्दृष्टि र उत्कृष्ट अभ्यासलाई साझा र सामूहिक गरेर मात्रै समुन्नत र समतामूलक नेपाल निर्माण गर्न सकिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति आज

काठमाण्डौ ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।   नेपाल कम्युनिष्ट

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वास

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउनुभएको छ । प्रतिनिधिसभामा आज भएको मतदानमा उहाँको पक्षमा दुईतिहाइ सांसदले भोट हानेका

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै (प्रत्यक्ष प्रसारण)

काठमाण्डौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूचीसहित प्रतिनिधिसभा बैठक सुरू भएको छ ।   कांग्रेसको समर्थनमा असार ३० गते