• बुधबार २-१६-२०८१/Wednesday 05-29-2024

जमुनाहा नाका तीन दिनका लागि बन्द

बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द भएको छ । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा आउँदो (सोमबार) हुने लोकसभा निर्वाचनका लागि गएरातिदेखि सीमा नाका तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

 

सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीकाअनुसार खुला सीमाका कारण बढ्न सक्ने सुरक्षा चुनौतीका कारण नाका बन्द गरिएको हो ।

 

नाका बन्द रहेका बेला एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा कुनै अवरोध नहुने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

राष्ट्रिय आविष्कार केन्द्रले १० किसिमका कृषि औजार बनायो

पर्सा । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जमा रहेको कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार

सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान गोरखाकी फुञ्जो लामाको नाममा  

काठमाण्डौ । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ ।

मुगुमा विद्यार्थी बोकेको जीप दुर्घटना, १२ जना घाइते

मुगुमा शैक्षिक भ्रमणका विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।   बाजुराको हिमाली गाउँपालिका–५ कोल्टीको भवानी माध्यमिक