• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाण्डौ । मंगलबार साँझ ६ बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ । सोमबार संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले संयुक्त बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको छ ।सम्भावित कार्यसूची अनुसार सुरुमा सभामुखले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्र बढेर सुनाउनु हुनेछ ।

 

नियमित तालिका अनुसार सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्नुभएपछि प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले गर्नुभएको सम्बोधन टेबुल गर्नुहुनेछ ।राष्ट्रपतिले संविधानको धारा ९५ बमोजिम बैठकलाई सम्बोधन गर्नुभएपछि सभामुखले धन्यवादको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

 

कार्यसूचीमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्नुहुने उल्लेख गरिएको छ ।नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अगाडि सोमबार सभमुख देवराज घिमिरेले प्रमुखल दलका शीर्ष नेतासँग छलफल गर्दै आउनुभएको छ ।

प्रतिकृया दिनुहोस

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति आज

काठमाण्डौ ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।   नेपाल कम्युनिष्ट

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वास

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउनुभएको छ । प्रतिनिधिसभामा आज भएको मतदानमा उहाँको पक्षमा दुईतिहाइ सांसदले भोट हानेका

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै (प्रत्यक्ष प्रसारण)

काठमाण्डौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूचीसहित प्रतिनिधिसभा बैठक सुरू भएको छ ।   कांग्रेसको समर्थनमा असार ३० गते