नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्छ प्रधानमन्त्री प्रचण्ड
![](https://sambadonline.com/uploads/news/images/1110154349Screenshot-2024-05-12-130529.png)
काठमाण्डौ । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ ।
चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आइतबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवम् एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताउनुभएको हो ।
पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढ्दो क्रममा रहेको बताउनुभयो ।
नेपालका अस्पतालहरूमा नर्स विरामीको अनुपातअनुसार दरवन्दी कायम नभएकाले नर्सहरूको कार्यभार बढिरहेको विषयबारे सरकार जानकार रहेको बताउँदै प्रधानमन्त्रीले अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकहरूमा सकारात्मक परिवर्तन आइरहेकाले निकट भविष्यमा नर्सहरूको सेवासुविधा र दरबन्दीको विषयलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नर्सिङ सेवामा कार्यरत प्राविधिक जनशक्तिले लामो समयसम्म ‘इन्टर्न’मा काम गर्नुपर्ने र जागिर पाएका नर्सहरूको पनि पारिश्रमिक न्यून रहने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले ग्रामीण र दूरदराजमा काम गर्ने नर्सहरूका लागि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले कार्यस्थलमा काममा विभेद हुने गरेको र वर्षौं काम गर्दासमेत नर्सिङ पढ्दाको खर्च उठाउन मुस्किल हुनेजस्ता समस्या भोग्नु परिरहेको समस्यालाई क्रमशः सम्बोधन गर्दै जानेगरी नीतिगत व्यवस्था गरिने बताउनुभयो ।
![](https://sambadonline.com/uploads/news/images/medium/2107060869Screenshot-2024-07-22-070043.png)
कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति आज
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपाल कम्युनिष्ट
![](https://sambadonline.com/uploads/news/images/medium/1497532474Screenshot-2024-07-17-192054.png)
प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वास
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउनुभएको छ । प्रतिनिधिसभामा आज भएको मतदानमा उहाँको पक्षमा दुईतिहाइ सांसदले भोट हानेका
![](https://sambadonline.com/uploads/news/images/medium/816550450Screenshot-2024-07-21-132930.png)
प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै (प्रत्यक्ष प्रसारण)
काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूचीसहित प्रतिनिधिसभा बैठक सुरू भएको छ । कांग्रेसको समर्थनमा असार ३० गते
प्रतिकृया दिनुहोस