• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

सरकारको आउँदो आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाण्डौ ।  सरकारको आउँदो आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । संसद् सचिवालयले नीति तथा कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

 

नीति तथा कार्यक्रम वाचन गरिसकेपछि राष्ट्रपतिलाई बिदाइ गरिनेछ । राष्ट्रपतिको बिदाइपछि अर्को बैठकमा प्रधानमन्त्रीले संयुक्त बैठकमा नीति तथा कार्यक्रमको प्रति टेबल गर्ने कार्यसूची छ । राष्ट्रपतिलाई धन्यवादसहित नीति तथा कार्यक्रम टेबल गर्न प्रतिनिधिसभाको बेलुका ६ बजे र राष्ट्रिय सभाको साढे ५ बजे दोस्रो बैठक राखिएको छ ।

 

प्रधानमन्त्री प्रचण्डले सुशासन, समृद्धि, सामाजिक न्याय, रोजगारी र अर्थतन्त्रको सुधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आउन लागेको बताउनुभएको छ । तर प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा निरन्तर अवरोध गर्दै आएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन कांग्रेसले केही लचकता देखाए पनि त्यसपछिका प्रक्रिया सहज बनाउन सरकारमाथि दबाब कायमै छ । मध्यमार्गी सहमति जुटाएर सदन चलाउन प्रधानमन्त्री प्रचण्डले निरन्तर पहल गरे पनि अहिलेसम्म ठोस प्रगति भएको छैन ।

 

राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने, तर सत्तापक्ष सहमतिमा नआए त्यसपछिको रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

बाढी पहिरोले ७ वटा राजमार्गका १७ ठाउँमा पूर्ण अवरोध, १ सय ५२ ठाउँमा एकतर्फी गाडी चल्दै

काठमाण्डाै। सडक विभागका अनुसार बर्खायाम शुरु भएपछि बाढी र पहिरोले अवरोध पुर्‍याएका राजमार्गमध्ये १७ वटा अझै पनि पूर्णरूपमा अवरुद्ध रहेका छन्

राष्ट्रपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन

नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई वटा बस बगायो

काठमाण्डौ ।  नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस  त्रिशूली नदीमा बेपत्ता भएको छ ।   घटनास्थलमा पुग्नुभएका