• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

 भ्रष्टाचार आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानतमा रिहा गर्न सर्वाेच्चकाे आदेश, चुनाव प्रचार गर्न पाउने

काठमाण्डौ । भ्रष्टाचार आरोपमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

 

उहाँलाई आउँदो जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ । अदालतले मुख्यमन्त्री केजरीवाललाई जुन २ तारिखमा अदालतमा हाजिर हुन भनेको छ ।

 

अदालतले केजरीवालले रिहा भएको अवधिभर लोकसभा चुनावको प्रचारप्रसार गर्न सक्ने पनि जनाएको छ । सर्वोच्च अदालतले केजरीवाल पक्राउसम्बन्धी मुद्दाको छिटै सुनुवाइ सक्ने पनि जनाएको छ ।

 

सन् २०२२ को अगस्टमा दर्ता भएको मदिरा नीतिमा नीतिगत भ्रष्टचार गरेकोसम्बन्धी मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी) ले मुख्यमन्त्री केजरीवाललाई गएको मार्च २१ तारिखमा पक्राउ गरेको थियो ।

 

सर्वोच्च अदालतले मुद्दा दर्ता भएको डेढ वर्षपछि केजरीवाललाई किन पक्राउ गरेको भनेर प्रश्न पनि उठाएको छ । लोकसभा चुनावको मिति घोषणा हुनेबित्तिकै केजरीवाललाई पक्राउ गरिनु राजनीतिकक षड्यन्त्र भएको भन्दै विपक्षी दलहरूले आरोप लगाउँदै आएका छन् ।

 

लोकसभा चुनावअन्तर्गत भारतमा तीन चरणको मतदान भइसकेको छ । भारतमा चौथो चरणको मतदान यही मे १३ तारिखमा हुँदैछ । त्यस्तै मे २० मा पाँचौँ, मे २५ मा छैटौँ र जुन १ सातौँ चरणको मतदान हुनेछ ।

प्रतिकृया दिनुहोस

विराेध र बहिष्कारबीच इजरायली प्रधानमन्त्री नेतन्याहुको सम्बोधन, ‘हमासमाथिकाे कारबाही राेकिँदैन’

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विद्रोही समूह हमासको पूर्णरूपमा अन्त्य नभएसम्म गाजामा आक्रमण नरोकिने बताउनुभएको छ

गाजाको दक्षिणी शहर खान युनिसमा इजरायलको आक्रमणबाट ७० जनाको ज्यान गयो

एजेन्सी । गाजाको  दक्षिणी शहर खान युनिसमा इजरायली आक्रमणमा परि ७० जनाको ज्यान गएको छ ।   विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य

चुनावमा प्रतिस्पर्धा नगर्ने अमेरिकी राष्ट्रपति बाइडनको घोषणा, कमला ह्यारिसलाई समर्थन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले आउँदो चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको छ ।   राष्ट्र र पार्टी हितको लागि आफूले