• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024

६० किलो सुन प्रकरण अनुसन्धानको दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो दाबीसहित मुद्दा दर्ताको तयारी

काठमाण्डाै ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जनालाई पक्राउ गरेको छ ।

फरार रहेका २६ जनासमेत गरी ४६ जनालाई प्रतिवादी बनाएर सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

 

सीआईबीले प्रतिवादीहरूबाट दुई खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरेको छ । पक्राउ परेकाहरूलाई सङ्गठित अपराध, सुनको अवैध तस्करीलगायतमा सजाय माग गरिएको छ । ‘ब्रेक शु’ मार्फत भएको सुन तस्करीको अनुसन्धान अपूर्ण रहेको जाँचबुझ आयोगको निष्कर्षपछि प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले पुनः फाइल खोलेको थियो । यसैबीच सीआईबीले पाँच वटा नक्कली कम्पनीमार्फत ‘ब्रेक शु’ र विद्युतीय सामानमा लुकाएर झन्डै ३२ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

 

२०८० सालको साउन २ गते स्कुटरको ‘ब्रेक शु’ मा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकबाट बरामद भएपछि अनुसन्धान थालेको सीआईबीले त्यही समूहले ‘ब्रेक शु’ मा लुकाएर ३ सय ६२ किलो ७ सय ७८ ग्राम र अरू विद्युतीय सामानमा लुकाएर २ हजार ८ सय ३१ किलो ८ सय ९० ग्राम सुन तस्करी गरेको खुलेको हो । यो सुनको अहिलेको मूल्य ३० अर्ब ८२ करोड २२ लाख रुपैयाँभन्दा धेरै पर्छ ।

 

यसअघि प्रहरीले २ सय ६२ किलो ७ सय ७८ ग्राम सुन तस्करी भएको निष्कर्षसहित असोज ३१ गते २४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिकृया दिनुहोस

पूर्वराज्यमन्त्री रामचन्द्र राय हत्याका अभियुक्त सार्वजनिक

काठमाण्डौ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जग्गासम्बन्धी मत

कतारबाट काठमाण्डौ ओर्लिएका ३ जना सुनसहित पक्राउ

काठमाण्डौ । कतारबाट काठमाण्डौ ओर्लिएका एक जना ८१.६३ ग्राम सुनसहित पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना

काठमाण्डौ । नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद २५ करोड जरिवाना भएको छ।   सम्पत्ति शुद्धीकरण मुद्दामा