इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना
काठमाण्डौ । नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद २५ करोड जरिवाना भएको छ।
सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका न्यौपानेलाई विशेष अदालतले आइतबार सजाय निर्धारण गरेको हो।
गत चैत २६ गते दोषी ठहर भएका न्यौपानलेलाई आइतबार विशेषका न्यायाधीशहरु टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले सजाय निर्धारण गरेको हो। अख्तियारले उनीविरुद्ध १२ करोड ८४ लाख ८७ हजार ९५५ रुपैयाँ बिगो कायम गर्दै २०७८ माघमा मुद्दा दायर गरेको थियो।
बिगोको दोब्बर २५ करोड ६९ लाख ७५ हजार ९११ रुपैयाँ जरिवाना गरिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो।
आयोगले तत्कालीन अध्यक्ष न्यौपानेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकोको थियो। तर, अदालतले न्यौपानेलाई दोषी ठहर गर्दै अन्य आठ जनालाई सफाइ दिएको थियो।
सफाइ पाउनेमा लवराज भट्टराई, रामरत्न उपाध्याय, हरिप्रसाद पाण्डे, इल्या दीक्षित भट्टराई, प्रेमाकुमारी केसी, उषा न्यौपाने, इन्दिरा उपाध्याय र उपेन्द्र गौतम रहेका छन्। उनीहरु पनि कलेज सञ्चालक हुन्।
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस रकमसहित पक्राउ
काठमाण्डाै । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे बर्दिबास
पूर्वराज्यमन्त्री रामचन्द्र राय हत्याका अभियुक्त सार्वजनिक
काठमाण्डौ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जग्गासम्बन्धी मत
६० किलो सुन प्रकरण अनुसन्धानको दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो दाबीसहित मुद्दा दर्ताको तयारी
काठमाण्डाै । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जनालाई पक्राउ गरेको छ
.jpeg)





प्रतिकृया दिनुहोस