कतारबाट काठमाण्डौ ओर्लिएका ३ जना सुनसहित पक्राउ
काठमाण्डौ । कतारबाट काठमाण्डौ ओर्लिएका एक जना ८१.६३ ग्राम सुनसहित पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट बाँकेको खजुराका २४ वर्षीय मोहम्मद दिलसाद खाँलाई पक्राउ गरेको हो ।
खाँलले लगाएको पाइन्टको कम्मर भागमा टिस्युले बेरेर लुकाएको अवस्थामा ६९.८९ ग्राम सुनको ब्रासलेट र ११.६५ ग्राम सुनको बेरुवा औँठी बरामद भएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिनुभयो ।
प्रहरीकाअनुसार खाँकै जानकारीका आधारमा अन्य दुईजना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको गैडाकोटका ४३ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिकाका २५ वर्षीय अन्जिल गुरुङ रहेका छन् ।
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस रकमसहित पक्राउ
काठमाण्डाै । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे बर्दिबास
पूर्वराज्यमन्त्री रामचन्द्र राय हत्याका अभियुक्त सार्वजनिक
काठमाण्डौ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जग्गासम्बन्धी मत
६० किलो सुन प्रकरण अनुसन्धानको दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो दाबीसहित मुद्दा दर्ताको तयारी
काठमाण्डाै । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जनालाई पक्राउ गरेको छ
.jpeg)





प्रतिकृया दिनुहोस