अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको नर्थक्यारोलिनामा ‘आरम्भ’ नेपाली पुस्तकालय स्थापना गरिएको अभियन्ताहरूले जानाएका छन् । नेपाली समुदायको हितमा नर्थक्यारोलिनाको डर्हममा स्थापना भएको ‘आरम्भ’ पहिलो नेपाली पुस्तकालय भएको नर्थक्यारोलिनाबाट वरिष्ठ पत्रकार एवम् गीतकार ङिमा पाख्रिन तामाङले रेडियो श्वेत शर्दूललाई जानकारी दिनुभयो ।
पत्रकार पाख्रिनका अनुसार पुस्तकालयको स्थापना सामाजिक अभियन्ता मेघाको नेतृत्वमा गरिएको हो । “नेपाली पुस्तक अध्ययनकर्ताहरुबाट संकलित पुस्तक हाललाई घरबाटै शुरु गरिएको छ ।” उहाँले भन्नुभयो, “निकट भविष्यमा अलग्गै पुस्तकालय भवन मार्फत पुस्तक वितरण गर्ने भएको छ ।” रेडियो श्वेत शार्दूलसँगको संक्षिप्त कुराकानीमा ङिमा पाख्रिनले बताउनु भयो ।
पुस्तकालयको उदघाटन स्थानीय आमाहरुद्धारा दीप प्रज्वलन साथै बालबालिकाहरुद्वारा रिबन काटेर गरिएको थियो । आरम्भ पुस्तकालय स्थापना अभियनको नेतृत्व गर्नुभएकी सामाजिक अभियन्ता मेघाले पुस्तकालयको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्नुहुदै नेपाली भाषा साहित्यको संरक्षण साथै नेपाली साँस्कृतिक ज्ञान परम्परा आदान प्रदान गर्ने उद्धेश्यले पुस्तकालयको स्थापना गरिएको स्पष्ट पार्नुभयो ।
स्थानीय नेपाली समुदायलाई नेपाली र अंग्रेजी भाषामा लेखिएका पुस्तकहरु ‘आरम्भ’ लाइव्रेरी डटकमबाट पुस्तक यकिन गरी निःशुल्क लिन सकिने उहाँले बताउनु भयो । कार्यक्रमको शुरुमा ङिमा पाख्रिनद्वारा लिखित ‘आरम्भ’ गीत प्रस्तुत गरिएको थियो । नितिन मिश्रले संगीत र स्वर भरेको उक्त गीतमा उहाँकै छोरी अनुष्का मिश्रले बाँसुरी बजाउनु भएको थियो । उद्घाटनको अवसरमा कविहरू गीता बस्नेत, प्रमिला अधिकारी, भगवती न्यौपानेले कविता वाचन समेत गर्नुभयो ।
त्यसैगरी नेपाली साहित्य समाज नर्थक्यारोलिनाका अध्यक्ष शेखर दुलालले हालै प्रकाशित साहित्य पुस्तक, लेखक जीतमान बस्नेतले नेपालमा भोग्नु परेका बिगतका कठोर दिनहरु उल्लेखित आफना चर्चित पुस्तक ‘अँध्यारा २५८ दिनहरु’ बाट केहि हरफ र सगरमाथा आरोहण गर्ने पहिलो दक्षिण एसियाली पत्रकार आङछिरिङ शेर्पाले हालै नेपाली पाठयक्रम कक्षा ६ को नेपाली मालामा समावेश आफनो लेख वाचन गर्नुभएको थियो ।
कार्यक्रमको अन्तमा उपस्थित अतिथिहरु बीच प्रश्नउत्तर कार्यक्रमसंगै केक काटेर समापान गरिएको थियो । सोलु घर भइ हाल अमेरिकाको नर्थक्यारिलोना बसोबास गर्दै आउनु भएका गीतकार एवम् वरिष्ठ पत्रकार ङीमा पाख्रिनका अनुसार पुस्तकालयको लागि नेपाली पुस्तक वितरण गर्ने दाताहरुलाई उपहारप्रदान गर्दै धन्यवाद ज्ञापन गरिएको थियो ।
अभियन्ताहरूले ‘आरम्भ’ पुस्तकालय व्यवस्थापनाका लागि समिति गठन गरेका छन् । सो समितिको अध्यक्षमा मेघा, उपाध्याक्षमा शिव बस्नेत, कोषाध्याक्षमा रमिता चित्रकार, सचिवमा इन्दिरा सापकोटा, कार्यसमिति सदस्यहरु इन्दिरा सापकोटा, रमिता चित्रकार र ङिमा पाख्रिन रहनु भएको छ ।

बङ्गलादेशको अन्तरिम सरकार प्रमुख युनुसको शपथ, मन्त्रिपरिषदमा दुई जना विद्यार्थी नेता पनि
एजेन्सी । बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ लिनुभएको छ । उहाँले अन्तरिम

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त
काठमाण्डौ । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्। नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त
काठमाण्डौ । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्। नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद
प्रतिकृया दिनुहोस