• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024

युरोकपमा टर्कीलाई हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश

काठमाण्डौ । युरोकप फुटबल २०२४ अन्तर्गत समूह ’एफ’को खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले पराजित गरेको छ । जीतसँगै पोर्चगुल समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगलको लागि बर्नाल्डो सिल्भा र बु्रुनो फर्नान्डेसले एक–एक गोल गरे । अर्को गोल भने उपहार पाएको थियो ।

 

यो खेलमा तेस्रो गोलको लागि बु्रनोलाई पास उपलब्ध गराएसँगै क्रिस्टियानो रोनाल्डो युरोकपमा सर्वाधिक एसिस्ट दिने खेलाडी बनेका छन् । कीर्तिमानी छौटौंपल्ट युरोकप खेलिरहेका रोनाल्डोले सर्वाधिक आठ गोलका लागि पास उपलब्ध गराएका छन् ।

 

दुई खेलमा दुई जित हासिल गरेको पोर्चुगल छ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । दुई मध्ये एक खेल जितेको टर्की समूहको दोस्रो स्थानमा छ ।

 

यस्तै युरोकपअन्तर्गत गएराति भएको खेलमा समूह ’एफ’ का जर्जिया र चेक रिपब्लिकले १–१ गोलको बराबरी खेलेका छन् । यस्तै बिहान सम्पन्न समूह ’ई’ को खेलमा बेल्जियमले रोमानियालाई २–० गोलले पराजित गरेको छ ।

प्रतिकृया दिनुहोस

काभा महिला भलिबलको फाइनलमा आज नेपाल र भारत भिड्दै

काठमाण्डौ । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा

एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै

काठमाण्डौ – एसीसी एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज साविक विजेता भारत र आयोजक श्रीलङ्का खेल्दैछन् । फाइनल खेल दाम्बुलामा नेपाली समय

महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै

काठमाण्डौ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका