एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै

काठमाण्डौ – एसीसी एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज साविक विजेता भारत र आयोजक श्रीलङ्का खेल्दैछन् । फाइनल खेल दाम्बुलामा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे शुरु हुनेछ ।
अस्ति भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै घरेलु टोली श्रीलङ्का र पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकेटले हराएर भारत फाइनलमा पुगेको हो ।
भारत यसअघि भएका आठमध्ये सात संस्करणको च्याम्पियन टोली हो । सन् २०१८ मा बङ्गलादेशले उपाधि जितेको थियो । श्रीलङ्का पाँचौपल्ट फाइनलमा पुगेको हो ।

काभा महिला भलिबलको फाइनलमा आज नेपाल र भारत भिड्दै
काठमाण्डौ । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा

महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै
काठमाण्डौ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका

एशिया कप महिला टी–२० क्रिकेट : नेपालले आज पाकिस्तानसँग खेल्दै
काठमाण्डौ । एसीसी एशिया कप महिला टी–२० क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपालले समूह चरणको आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग
प्रतिकृया दिनुहोस