महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै

काठमाण्डौ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे श्रीलङ्काको दाम्बुला मैदानमा शुरु हुनेछ ।
पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो । सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा भारतलाई जित्नुपर्ने हुन्छ । समूह ‘ए’ मा नेपाल र पाकिस्तानको समान २–२ अङ्क छ । भारतले २ खेल जितिसकेको छ । यूएई २ खेलमा पराजित भएको छ ।
नेपालको खेल अघि समूह चरणको अन्तिम खेलमा पाकिस्तान र यूएई सवा २ बजे खेल्दैछन् । यो खेलमा पाकिस्तानले हारेमा र नेपाल भारतसँग पराजित भएको अवस्थामा नेपाल, पाकिस्तान र यूएईमध्ये नेट रनरेटमा अगाडि हुने टोलीले सेमिफाइनल खेल्नेछ । पहिलो खेलमा नेपालले यूएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो ।

काभा महिला भलिबलको फाइनलमा आज नेपाल र भारत भिड्दै
काठमाण्डौ । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा

एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै
काठमाण्डौ – एसीसी एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज साविक विजेता भारत र आयोजक श्रीलङ्का खेल्दैछन् । फाइनल खेल दाम्बुलामा नेपाली समय

एशिया कप महिला टी–२० क्रिकेट : नेपालले आज पाकिस्तानसँग खेल्दै
काठमाण्डौ । एसीसी एशिया कप महिला टी–२० क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपालले समूह चरणको आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग
प्रतिकृया दिनुहोस