• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024

टी–२० विश्वकप क्रिकेट : ‘सुपर–आठ’ को खेल आजदेखि सुरु, पहिलो खेल अमेरिका र दक्षिण अफ्रिका खेल्दै

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आजदेखि दोस्रो चरण अर्थात् ‘सुपर–आठ’ का खेल शुरु हुँदैछन् । ‘सुपर–आठ’ को पहिलो खेलमा आयोजक अमेरिका र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे एन्टिगुवामा सुरु हुनेछ ।

 

नवौँ संस्करणमा अमेरिका समूह ‘ए’को उपविजेता हुँदै सुपर–आठमा पुगेको हो । अमेरिका सुपर–आठमा पुग्ने एक मात्र एसोसियट टोली हो । एसोसियट टोली नेपाल, ओमान, क्यानडा, स्कटल्यान्ड, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्यूगिनी (पीएनजी) र नामिबिया पहिलो चरणबाटै बाहिरीए ।

 

सुपर–आठमा आयोजक अमेरिका र वेस्ट इन्डिजसँगै दक्षिण अफ्रिका, भारत, अफगानिस्तान, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड र अस्ट्रेलिया पुगेका छन् । ‘सुपर–आठ’ का खेल जुन २५ तारिखसम्म चल्ने छ । जुन २६ र २७ मा सेमिफाइनल तथा जुन २९ तारिखमा फाइनल खेल हुनेछ ।

प्रतिकृया दिनुहोस

काभा महिला भलिबलको फाइनलमा आज नेपाल र भारत भिड्दै

काठमाण्डौ । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा

एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै

काठमाण्डौ – एसीसी एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज साविक विजेता भारत र आयोजक श्रीलङ्का खेल्दैछन् । फाइनल खेल दाम्बुलामा नेपाली समय

महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै

काठमाण्डौ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका