बाग्मती प्रदेशमा आजदेखि तामाङ र नेवारी भाषा सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गरिने
काठमाण्डौ । बाग्मती प्रदेशमा आजदेखि तामाङ र नेपाल अर्थात् नेवारी भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन भएको छ ।
बाग्मती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० आजदेखि लागू भएको हो । यसै अवसरमा आज काठमाण्डौको वसन्तपुरमा विशेष कार्यक्रम भएको छ । बाग्मती प्रदेशकाे संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा नेवार र तामाङ समुदायका झाँकीसहितको र्याली निकालिएको छ । अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्डमा नेपाली भाषासँगै तामाङ र नेपाल भाषा पनि लेखिने छ ।
प्रदेश सरकारले गएको कात्तिकमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा हुने राजपत्रमा प्रकाशन गरेको थियो । बाग्मती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान
काठमाण्डौ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ
वर्षात्वसँगै सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्वसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य
लुम्बिनीमा विवादित दुई सांसदलाई मन्त्री बनाएकोमा बिरोध
काठमाण्डौ । लुम्बिनी प्रदेशमा विवादित पृष्ठभूमिका दुई सांसदलाई मन्त्री बनाएकोमा सर्वत्र बिरोध भइरहेको छ । एक महिलाको शंकास्पद मृत्यु र जग्गा
प्रतिकृया दिनुहोस