• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

काठमाण्डौ ।  सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

 

प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि भाेलि साउन २० गते बेलुका ५ बजे भित्र दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

 

यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले हिजो पदबाट राजीनामा दिनुभएको थियो । सत्तासमीकरण फेरिएसँगै एमाले सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवम् मुख्यमन्त्री सोडारी गएको असार २० गतेदेखि अल्पमतमा पर्नुभएको थियो । उहाँ एक सय पाँच दिनसम्म मुख्यमन्त्री पदमा रहनुभयो ।

 

पछिल्लो चुनावपछि गठन भएको सुदूरपश्चिम प्रदेशसभाले अहिलेसम्म तीन मुख्यमन्त्री फेरबदल गरिसकेको छ । अब चौथो मुख्यमन्त्रीको चयन प्रक्रिया शुरु भएको छ ।

 

सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित हुन सकेको छैन । बजेट पारित नहुँदा साउन १ गतेदेखी प्रदेश सरकारको राजस्व सङ्कलन तथा खर्च गर्ने लगायतका गतिविधि ठप्प छन् ।

प्रतिकृया दिनुहोस

वर्षात्वसँगै सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्वसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य

लुम्बिनीमा विवादित दुई सांसदलाई मन्त्री बनाएकोमा बिरोध

काठमाण्डौ ।  लुम्बिनी प्रदेशमा विवादित पृष्ठभूमिका दुई सांसदलाई मन्त्री बनाएकोमा सर्वत्र बिरोध भइरहेको छ । एक महिलाको शंकास्पद मृत्यु र जग्गा

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका नेता बहादुर सिंह लामाद्वारा दाबी पेस

काठमाण्डौ। बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गर्नुभएको छ।   मंगलबार एमाले र