• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

वर्षात्वसँगै सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्वसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार यो प्रदेशमा जनवरीदेखि हालसम्म १७१ जनालाई डेङ्गु सङ्क्रमण भइसकेको छ । जसमध्ये जुन महिनामा सबैभन्दा बढी ४६ जना डेङ्गुबाट ग्रसित भएका छन् ।

 

निर्देशनालयको बुलेटिनमा उल्लेख भएअनुसार यो प्रदेश सभा तराईभन्दा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दो रहेको देखिएको छ । डोटी र अछाममा डेङ्गु सङ्क्रमण तराईभन्दा पनि बढी रहेको जनाइएको छ । डोटीमा हालसम्म ४९, अछाममा ३९ जनालाई डेङ्गु सङ्क्रमण भइसकेको छ ।

 

कञ्चनपुरमा २६, दार्चुला र बाजुरामा १५–१५, कैलालीमा १२, डडेलधुरामा सात, बैतडी र बझाङमा चार–चार जनामा डेङ्गु सङ्क्रमण भएको जनाइएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगको सङ्क्रमण भएमा ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान लाग्ने लगायतका लक्षण देखिने गरेको जनाइएको छ । यो रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन जरुरी रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

काठमाण्डौ ।  सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ

लुम्बिनीमा विवादित दुई सांसदलाई मन्त्री बनाएकोमा बिरोध

काठमाण्डौ ।  लुम्बिनी प्रदेशमा विवादित पृष्ठभूमिका दुई सांसदलाई मन्त्री बनाएकोमा सर्वत्र बिरोध भइरहेको छ । एक महिलाको शंकास्पद मृत्यु र जग्गा

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका नेता बहादुर सिंह लामाद्वारा दाबी पेस

काठमाण्डौ। बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गर्नुभएको छ।   मंगलबार एमाले र