• सोमबार ६-२१-२०८१/Monday 10-07-2024

साफ यू–१६ र यू–१९ को खेल तालिका सार्वजनिक

काठमाडौं । उमेर समूहको दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ यू–१६ र यू–१९ को खेल तालिका सार्वजनिक भएको छ । 

 

दक्षिण एसियाली फुटबल महासंघले सार्वजनीक गरेको तालिका अनुसार नेपालले यू–१६ को पहिलो खेल बंगलादेशसँग र यू–१९ को पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । सार्वजनीक तालिका अनुसार यू–१६ मा नेपाल, भारत रहेको समुह ‘ए’ मा परेको छ । जुन समूहमा बंगलादेश छ । 

 

यू–१६ प्रतियोगिता भुटानको थिम्पुमा सेप्टेम्बर १ देखि १० सम्म हुदैछ भने यू–१९ प्रतियोगिता नेपालको काठमाडौंमा सेप्टेम्बर २१ देखि ३० सम्म हुदैछ । यू–१६ मा सेप्टेम्बर २ मा बंगलादेशसँग खेल्ने नेपालले सेप्टेम्बर ५ मा भारतसँग खेल्नेछ ।

 

यस्तै, यू–१९ मा नेपाल, माल्दिभ्स र पाकिस्तान सम्मिलित समूह ‘ए’ मा परेको छ । यू–१९ मा सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्ने नेपालले सेप्टेम्बर २५ मा माल्दिभ्ससँग खेल्नेछ । साफले उमेर समुहका खेलाडीलाई एक्सपोजर दिने उद्धेश्यले उमेर समूहका प्रतियोगिता हरेक वर्ष सञ्चालन गर्दै आएको छ । नेपालले यस वर्ष साफको उमेर समूहको यू–१९ प्रतियोगिताको आयोजना गर्दैछ ।
 

प्रतिकृया दिनुहोस

काभा महिला भलिबलको फाइनलमा आज नेपाल र भारत भिड्दै

काठमाण्डौ । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा

एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै

काठमाण्डौ – एसीसी एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज साविक विजेता भारत र आयोजक श्रीलङ्का खेल्दैछन् । फाइनल खेल दाम्बुलामा नेपाली समय

महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै

काठमाण्डौ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका