• बुधबार १-१७-२०८२/Wednesday 04-30-2025

हजुरबुवाको सङ्कलन नातिनीको स्वर : नवनीत वाईवाको नयाँ भिडियो

सिलगुडी । गायिका नवनीत आदित्य वाईवाले हजुरबुवा स्वर्गीय सिंहमान सिंह वाइवाको सङ्कलन रहेको नयाँ गीत सार्वजनिक गरेकी छिन् । ठेट मारूनी भाकामा गाइएको गीतको म्युजिक भिडियो नवनीतको च्यानलबाट अक्टोवर २२ मा प्रिमियर गरिएको हो ।  

 

दिदी-भाई प्रडक्सन् मार्फत निर्माण भएको म्युजिक भिडियोलाई नवनीतकै भाई सत्य आदित्य वाईवाले निर्देशन, ग्राफिक्स तथा सम्पादन गरेका हुन् । नेपालका ख्यातीप्राप्त कुटुम्ब व्याण्डको सहयोगमा तयार भएको सो गीत भारतको सिलगुडीमा रेकर्ड गरिएको हो । दिदी नवनीत र भाई सत्यले यसलाई विश्वभरी छरिएर रहेका नेपालीहरूका लागि दशैं-तिहारको कोसेली स्वरूप सार्वजनिक गरिएको बताएका छन् । 

तिन धाङ तिन धाङ मादल बज्यो नि लै लै 

नेपालीको घर घरमा

नेपालीको संस्कृति सदा

अमर रहोस् घर घरमा

समला, सारङ्गी, बाँसुरी लगायतका परम्परागत बाजागाजा सहित रेकर्ड गरिएको गीतमा दशैं र तिहारको सांस्कृतिक महिमालाइ वर्णन गरिएको छ । बाद्यबादकहरू राजु महर्जन, रविनकुमार श्रेष्ठ, मनिष गन्धर्व, समिक सापकोटाले नवनीतलाई साथ दिएका छन् । प्रशान्त तामाङको रेकर्डिङ र समिक सापकोटाले मास्टरिङ गरेको गीतको छयाँकनमा भने शिखर क्षेत्रीले सिनेमाटोग्राफी गरेका छन् । 

 

नवनीत वाईवा सुप्रसिद्ध लोक गायिका स्वर्गीय हिरादेवी वाईवाकी छोरी हुन् । आमाको देहान्त पछि उनले भाई सत्य आदित्यसँग मिलेर हजुरबुवा सिंहमान सिंह वाईवाले सङ्कलन गर्नु भएको र आमाले गाउनु भएका ठेट नेपाली लोकभाकाहरूलाई पुनर्जीवन दिन लागि परेका छिन् । दिदी भाईले सन् २०१७ मा "आमालाई श्रद्धाञ्जली" शीर्षकको म्युजिक एल्बम समेत प्रकाशित गरेाक छन् ।

 

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

 

प्रतिकृया दिनुहोस

आचार संहिता उलङ्घनप्रति निर्मम बन्दै काउन्सिल अध्यक्ष बस्नेत, हटायो कान्तिपुरले कार्यक्रम

काठमाडौंँ । अन्ततः काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको कडा निर्देशन पछि कान्तिपुर टिभीले विबादास्पत् कार्यक्रम युटुब च्यानलबाट डिलिट गरेको छ ।

वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक

काठमाडाैं ।   वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक भएको छ । ‘एउटा जून’ गीत शुक्रवार प्रह्लाद

वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक

काठमाडाैं ।   वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक भएको छ । ‘एउटा जून’ गीत शुक्रवार प्रह्लाद