• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

आचार संहिता उलङ्घनप्रति निर्मम बन्दै काउन्सिल अध्यक्ष बस्नेत, हटायो कान्तिपुरले कार्यक्रम

काठमाडौंँ । अन्ततः काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको कडा निर्देशन पछि कान्तिपुर टिभीले विबादास्पत् कार्यक्रम युटुब च्यानलबाट डिलिट गरेको छ । पछिल्लो समय तथाकथित ठूला मिडिया र कथित सेलिब्रेटीको नाउँमा सामाजिक मर्यादा र आचार संहिता उलङ्घन गर्नेहरूप्रति प्रेस काउन्सिल नेपाल निर्मम प्रस्तुत हुँदै गएको एक उदाहरण स्वरूप कान्तिपुर टिभिले ओसिन काण्डको 'इट्स माई सो' नामको टिभी सो को भिडियो डिलिट गरेको हो । यसबाट अटेर गर्नेहरू नियामक संस्थासँग झुक्न बाध्य भएको  र पत्रकार आचार संहिता कुनैपनि हदमा पालना गर्नुपर्ने बाध्यता रहेको बुझिन थालिएको छ। 

 

के हो ओसिन काण्ड ? के गर्‌यो प्रेस काउन्सिलले ?

कान्तिपुर टेलिभिजनको ‘इट्स माइ सो’ मा दुई साता अघि प्रसारित सामाग्री विवादमा तानिएको थियो ।

 

ती सामाग्री आपत्तिजनक र तथ्यहीन भन्दै अभिनेत्री जसिता गुरुङसहितले चर्को विरोध गर्नुभएको थियो । प्रेस काउन्सिल नेपालले उक्त शो सार्वजनिक भएलगत्तै स्वःअनुगमन गरेर त्यसबारे प्रष्ट पार्न २४ घण्टे पुर्जी  टेको थियो । टिभिले दिएको लिखित जवाफ चित्त नबुझेर काउन्सिलले प्रस्तोता ओसिन सिटौलासहितलाई लगत्तै बयानका लागि कार्यालयमै बोलाएको थियो । 

उन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको उपस्थितिमा टिभिको टोलीले नै त्यस्ता प्रसङ्ग आएकोमा माफी मागेको थियो । प्रेस काउन्सिलले त्यस्ता विवादास्पद सामाग्री तत्काल हटाउन र त्यसको जानकारी युट्युव च्यानलसहित माध्यममा गराउन लिखित निर्देशन दिएको थियो ।

 

त्यसलगत्तै टिभिले विभिन्न कलाकारको नाम एक अर्कालाई जोडेर प्रसारित आपत्तिजनक अभिव्यक्ति हटाएको छ ।

 

प्रेस काउन्सिल समक्ष प्रस्तोता सिटौलाले व्यक्तिगत लाञ्छना लगाउने, आचारसंहिता विपरित हुने गरी आफूले कुनै काम नगर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।  यो प्रकरण काउन्सिलमा विचाराधिन रहेकाले थप कारवाही के हुन्छ भन्ने खुलेको छैन ।

 

प्रेस काउन्सिलले पछिल्लो समय विभिन्न मिडियामा आएका आचारसंहिता विपरितका सामग्री, हुबहु कपी गरी दिएका सामाग्री र बार्गेनिंग गरेका मुद्धामा सक्रियता देखाइरहेको छ ।

 

यसअघि सिधाकुरा, नेपालआज, दैनिकी, फरकधार, अनलाइनपानासहित ३ दर्जन सञ्चारमाध्यमलाई काउन्सिलले कडा कारवाही गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक

काठमाडाैं ।   वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक भएको छ । ‘एउटा जून’ गीत शुक्रवार प्रह्लाद

वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक

काठमाडाैं ।   वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक भएको छ । ‘एउटा जून’ गीत शुक्रवार प्रह्लाद

जब केकी अधिकारीले आशमानलाई धोका दिए (हेर्नुहोस् भिडियो)

काठमाडौं । बागमती प्रदेश चलचित्र सङ्घका अध्यक्ष आशमान वाइबाद्वारा अभिनीत म्युजिक भिडियो ‘आफ्नै धड्कन’ सार्वजनिक भएको छ । जेठ १९ गते शनिवार