• सोमबार १-१७-२०८१/Monday 04-29-2024

हजुरबुवाको सङ्कलन नातिनीको स्वर : नवनीत वाईवाको नयाँ भिडियो

सिलगुडी । गायिका नवनीत आदित्य वाईवाले हजुरबुवा स्वर्गीय सिंहमान सिंह वाइवाको सङ्कलन रहेको नयाँ गीत सार्वजनिक गरेकी छिन् । ठेट मारूनी भाकामा गाइएको गीतको म्युजिक भिडियो नवनीतको च्यानलबाट अक्टोवर २२ मा प्रिमियर गरिएको हो ।  

 

दिदी-भाई प्रडक्सन् मार्फत निर्माण भएको म्युजिक भिडियोलाई नवनीतकै भाई सत्य आदित्य वाईवाले निर्देशन, ग्राफिक्स तथा सम्पादन गरेका हुन् । नेपालका ख्यातीप्राप्त कुटुम्ब व्याण्डको सहयोगमा तयार भएको सो गीत भारतको सिलगुडीमा रेकर्ड गरिएको हो । दिदी नवनीत र भाई सत्यले यसलाई विश्वभरी छरिएर रहेका नेपालीहरूका लागि दशैं-तिहारको कोसेली स्वरूप सार्वजनिक गरिएको बताएका छन् । 

तिन धाङ तिन धाङ मादल बज्यो नि लै लै 

नेपालीको घर घरमा

नेपालीको संस्कृति सदा

अमर रहोस् घर घरमा

समला, सारङ्गी, बाँसुरी लगायतका परम्परागत बाजागाजा सहित रेकर्ड गरिएको गीतमा दशैं र तिहारको सांस्कृतिक महिमालाइ वर्णन गरिएको छ । बाद्यबादकहरू राजु महर्जन, रविनकुमार श्रेष्ठ, मनिष गन्धर्व, समिक सापकोटाले नवनीतलाई साथ दिएका छन् । प्रशान्त तामाङको रेकर्डिङ र समिक सापकोटाले मास्टरिङ गरेको गीतको छयाँकनमा भने शिखर क्षेत्रीले सिनेमाटोग्राफी गरेका छन् । 

 

नवनीत वाईवा सुप्रसिद्ध लोक गायिका स्वर्गीय हिरादेवी वाईवाकी छोरी हुन् । आमाको देहान्त पछि उनले भाई सत्य आदित्यसँग मिलेर हजुरबुवा सिंहमान सिंह वाईवाले सङ्कलन गर्नु भएको र आमाले गाउनु भएका ठेट नेपाली लोकभाकाहरूलाई पुनर्जीवन दिन लागि परेका छिन् । दिदी भाईले सन् २०१७ मा "आमालाई श्रद्धाञ्जली" शीर्षकको म्युजिक एल्बम समेत प्रकाशित गरेाक छन् ।

 

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

 

प्रतिकृया दिनुहोस

कथाकार परशु प्रधानको निधन ।।

काठमाण्डौ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राती आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले राससलाई जानकारी

गायक भक्तराज आचार्यको निधन

काठमाण्डौ । गायक भक्तराज आचार्यको निधन भएको छ।   उहाँको सोमबार निधन भएको संगीतकार हरि लम्सालले बताउनु भयो। उहाँका अनुसार आचार्यलाई

तीन स्रष्टा, त्रिमूर्ति पुरस्कारबाट पुरस्कृत

काठमाण्डौ । त्रिमूर्ति निकेतनले ‘लेखनाथ काव्य पुरस्कार’,‘बालकृष्ण सम पुरस्कार’ र ‘देवकोटा काव्य पुरस्कार’बाट तीन स्रष्टालाई पुरस्कृत