• शुक्रबार ६-४-२०८१/Friday 09-20-2024

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाकै ज्यान गएको पुष्टि

काठमाण्डाै ।  नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचाैरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाकै ज्यान गएको पुष्टि भएको छ ।

 

दुर्घटनास्थलबाट चार जना विदेशी र पाइलट अरुण मल्लको शव निकालिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले  जानकारी दिनुभयो । हेलिकप्टरमा चार जना चिनियाँ र एक जना पाइलट थिए ।

 

काठमाण्डौबाट रसुवाकाे स्याप्रुबेसीका लागि उडेको एअर डाइनेस्टीकाे नाइन–एन एजेडी कल साइनकाे हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उज्यालोलाई दिएको जानकारीअनुसार काठमाण्डौबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको एअर डाइनेस्टीको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।

प्रतिकृया दिनुहोस

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाण्डौ। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।   ललितपुरको हरिसिद्धिस्थित

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।    आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा