• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ । 

 

आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षभित्र मन्त्रालयअन्तर्गतका सबै ऐन सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकुल हुने गरी संशोधन गर्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, (फोनिज)को २५औँ स्थापना दिवसका अवसरमा बोल्दै उहाँले पञ्चायतकालमा बनेका सञ्चार ऐनबाट लोकतन्त्रको सुदृढीकरण नहुने धारणा व्यक्त गर्नुभयो ।

 

उहाँले सञ्चार क्षेत्रमा हुने कुनैपनि काममा कानुन मिच्ने गरेको र बेतिथि रहेको बताउनुभयो । उहाँले अहिले आगोको भुङ्ग्रोमा उभिएको झाँक्री बा जस्तै भएर बसेको तर आगोमा उभिएर ज्यान बचाइ काम गर्ने बताउनुभयो । 

 

सञ्चारमन्त्री गुरुङले आगामी चार वर्षमा नेपाललाई सम्पूर्ण रुपमा डिजिटलाइजेसनमा लैजाने र मिडिया विधेयक छिटोभन्दा छिटो संसद्बाट पारित गर्ने प्रतिवद्धता जनाउनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयभित्र रहेका बेथितिहरूलाई अन्त्य गर्दै आगामी दिनमा नेपालको आफ्नै स्याटलाइट बनाउने उहाँको दाबी छ ।

 

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले लोकतन्त्र स्थापनामा गरेको योगदानको चर्चा गर्दै मन्त्री गुरुङले सङ्घीय संरचनाको लाभ कति उठायौँ भन्नेमा समीक्षा जरुरी रहेको बताउनुभयो । सङ्घीय संरचना हटाउनेभन्दा पनि अझै बलियो कसरी बनाउने भन्नेतर्फ अबको आदिवासी जनजाति आन्दोलन केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो ।

 

सोही अवसरमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले विभिन्न सामाजिक सञ्जाल, वास्तविक पत्रकार र सञ्चारमाध्यमको परिभाषा पहिलाउन आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोखरेलले पत्रकार दक्ष बनाउने जिम्मेवारी सरकारको पनि भएको बताउनुभयो । त्यस्तै, फोनिजका अध्यक्ष गजुरधन राईले समावेशी मिडियाको मुद्धामा फोनिज सधै एकजुट हुने प्रतिवद्धता जनाउनुभयो ।

 

यस बर्ष फोनिज स्थापनाको २५ बर्ष पुरा गरि २६ बर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवस तथा रजत बर्ष समारोहको अवसर पारेर सम्मान तथा पुरस्कार पनि प्रदान गरिइको थियो । फोनिज राष्ट्रिय पत्रकारिता सम्मानबाट विजयरत्न तुलाधर (अनलाइन) र पुष्पहरि क्याम्पा राई (नेपाल टेलिभिजन) तर्फ सम्मानित हुनुभयो । साथै फोनिज मातृ भाषा पत्रकारिता सम्मानबाट थारु भाषामा पत्रकारिता गर्दै आउनुभएकी लौवा अग्रासन थारु सम्मानित हुनुभयो । 

 

त्यस्तै, फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट सटेन्द्र जबेगु (अनलाइन), विष्णु तामाङ (छापा), खिमा गुरुङ (रेडियो) तर्फ पुरस्कृत हुनुभयो । पहिलो पटक दिइएको फोनिज मलेसिया सम्मान रेखीराम रानामगर र पुनम महतो चौधरीले प्राप्त गर्नुभयो ।

 

स्थापना दिवसको अवसरमा देशैभरका ६५ जिल्ला शाखा, ८ विदेश शाखा, सातै प्रदेश समिति र ८ संस्थागत सदस्य संस्था र विदेश शाखाहरुमा पनि विविध कार्यक्रम गरी एको थियो ।

 

प्रतिकृया दिनुहोस

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाण्डौ। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।   ललितपुरको हरिसिद्धिस्थित

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाकै ज्यान गएको पुष्टि

काठमाण्डाै ।  नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचाैरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाकै ज्यान गएको पुष्टि भएको छ