एशिया कप महिला टी–२० क्रिकेट : नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाण्डौ । एसीसी एशिया कप महिला टी–२० क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ ।
नेपालले समूह चरणको आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे श्रीलंकाको दाम्बुलामा शुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले ऐतिहासिक जित निकालेको थियो । यसअघि सन् २०१२ र २०१६ मा दुई पटक एशिया कपमा सहभागी नेपाली महिला टोली सबै नौ खेलमा पराजित भएको थियो । पहिलो खेलमा पाकिस्तान भारतसँग पराजित भएको थियो । आजको खेल जितेमा नेपालको अर्को चरणमा पुग्ने सम्भावना बलियो हुनेछ ।
नेपाल र पाकिस्तानको खेल अघि आज दिउँसो सवा दुई बजे भारत र युएई खेल्नेछन् । हिजो भएको खेलमा श्रीलंकाले बङगलादेशलाई सात विकेट र थाइल्यान्डले मलेसियालाई २२ रनले हराएको छ ।

काभा महिला भलिबलको फाइनलमा आज नेपाल र भारत भिड्दै
काठमाण्डौ । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा

एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै
काठमाण्डौ – एसीसी एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज साविक विजेता भारत र आयोजक श्रीलङ्का खेल्दैछन् । फाइनल खेल दाम्बुलामा नेपाली समय

महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै
काठमाण्डौ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका
प्रतिकृया दिनुहोस