• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024

आज देशका केही ठाउँहरुमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ – अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाकाअनुसार आज देशका केही ठाउँहरुमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

दिउँसो बाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भरे राति पनि बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई  ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविद्को भनाइ छ ।

 

बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको  सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बेइजिङ प्लस ३० का लागि एक दिवसीय समीक्षा कार्यशाला गोष्टी सम्पन्न

काठमाण्डौ । महिला मानव अधिकार सम्बन्धी बेइजिङ प्लस ३० का लागि नेपालको आदिवासी जनजाति महिलाहरूको पक्षबाट राष्ट्रिय स्तरको एक दिवसीय समीक्षा

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव