• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव दिनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूसँगको अन्तक्रियामा उहाँले यस्तो सुझाव व्यक्त गर्नुभएको हो । नगर प्रमुख बासुदेव थापा र उपप्रमुख सरिता भट्टराईको निमन्त्रणामा साउन २९ गते नगर कार्यपालिकाको कार्यालय सिर्जनानगर, भक्तपुर पुग्नुभएका पूर्वराष्ट्रपति भण्डाारी समक्ष नगरका विकासका गतिविधिहरूबारे जानकारी गराइएको थियो । 

अन्तक्रियामा सहभागी जनप्रतिनिधि, कर्मचारी र समुदायका प्रतिनिधिहरूसँग वहाँले संविधानले स्थानीय तहलाई राम्रो अधिकार प्रदान गरेको स्मरण गराउनु भयो । निर्वाचित जनप्रतिनिधिहरूले जनतासँग घनिष्ठ सम्बन्ध राखेर अघि बढ्नपुर्ने उहाँले धारणा राख्नुभयो । 
“संवादबाट सबै समस्या समाधान नभएपनि धेरै समस्याको समाधान गर्न सकिन्छ“ संवोधनको क्रममा उहाँले भन्नुभयो । 


पूर्व राष्ट्रपति भण्डारीले विश्वमा तापक्रम बढ्दै गएकोले स्थानीय स्तरमा पानीका मुहानहरू सुक्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । भविष्यमा आउनसक्ने विकराल समस्यालाई ध्यानमा राख्दै स्थानीय श्रोत, साधनको संरक्षणमा आजैदेखि लाग्न समेत आग्रह गर्नुभयो । 


सूर्य विनायक नगरपालिकाका नगर प्रमुख बासुदेब थापाले नगरको विकासमा सबै राजनीतिक दल, सरोकारवालाबाट सहयोग प्राप्त भएको बताउनु भयो । नगर प्रमुख थापाले नगरपालिका भ्रमण गरी महत्वपूर्ण सुझाबहरू प्रदान गर्नुभएकोमा पूर्व राष्ट्रपति भण्डारीलाई नगरवासीका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । सो अवसरमा नगर प्रमुख थापा र उप प्रमुख भट्टराईले पूर्व राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गर्नुभयो । 


यसैबीच, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सूर्य बिनायक नगरपालिकाको वडा नम्बर ८ सिपाडोलस्थित धार्मीक पर्यटकीय स्थल डोलेश्वर महादेव मन्दिरको समेत भ्रमण गर्नुभयो । महादेवको दर्शन गर्न पुग्नुभएका उहाँलाई डोलेश्वर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतलगायत स्थानीय जनताले स्वागत गरेका थिए । 

 

समितिका पदाधिकारीहरूसँगको संक्षिप्त कुराकानीमा पूर्व राष्ट्रपति भण्डारीले काठमाण्डौ उपत्यकाभित्र रहेको डोलेश्वर महादेव मन्दिरको धार्मिक पर्यटकीय स्थलका थप विकासबारे चासो व्यक्त गर्नुभएको थियो । 


हरेक वर्ष डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि भाद्र ६ गतेसम्म ३८ दिने श्रावणी मेला लाग्ने गरेको छ । जनश्रुती अनुसार डोलेश्वर महादेव शिवलिङ्गको उत्पत्ति द्वापरयुगको अन्त्य र कलियुगको प्रारम्भ कालमा भएको मानिन्छ ।    
 

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बेइजिङ प्लस ३० का लागि एक दिवसीय समीक्षा कार्यशाला गोष्टी सम्पन्न

काठमाण्डौ । महिला मानव अधिकार सम्बन्धी बेइजिङ प्लस ३० का लागि नेपालको आदिवासी जनजाति महिलाहरूको पक्षबाट राष्ट्रिय स्तरको एक दिवसीय समीक्षा

देशका धेरै ठाउँमा गएरातिदेखि नै ठूलो वर्षा, भोलिसम्मै पानी पर्ने : सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि ठूलो पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले