• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

नेपालले आइसिसी अवार्ड पाएकोमा प्रधानमन्त्री ओलीको बधाई

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपालीलाई बधाई दिनुभएको छ ।

 

इन्टरनेसनल क्रिकेट काउन्सिलले यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । “यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

 

नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

 

“हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी,  क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्”, प्रधानमन्त्री ओलीको ‘फेसबुक पेज’मा लेखिएको छ ।

प्रतिकृया दिनुहोस

काभा महिला भलिबलको फाइनलमा आज नेपाल र भारत भिड्दै

काठमाण्डौ । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा

एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै

काठमाण्डौ – एसीसी एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज साविक विजेता भारत र आयोजक श्रीलङ्का खेल्दैछन् । फाइनल खेल दाम्बुलामा नेपाली समय

महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै

काठमाण्डौ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका