• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024

मुख्यसचिव वैकुण्ठ अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ । मुख्यसचिव वैकुण्ठ अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्याल सहित ११ जना र एक कम्पनी विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। सञ्चार मन्त्रालयको सचिव हुँदा अर्यालले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेकाे अख्तियारको दाबी छ । बहालवाला मुख्यसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको यो पहिलो पटक हो।

यस प्रकरणमा सहसचिवद्वय रितेश शाक्य र टंक पाण्डे, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रवीन्द्र पौडेललाई पनि प्रतिवादी बनाइएको छ। त्यस्तै, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, तत्कालीन लेखा अधिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिवल्लभ घिमिरे र तत्कालीन परामर्शदाता शक्तिप्रसाद श्रेष्ठलाई पनि विपक्षी बनाइएको छ।

यसै गरी स्टिकर छपाइको जिम्मा पाएको कम्पनी प्रिन्टसेल र सञ्चालक केशव शर्मा विरुद्ध पनि मुद्दा दायर गरिएको छ।

स्टिकर खरीदमा ३८ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ। प्रतिवादी बनाइएका ११ जना र प्रिन्टसेलबाट जनही ६ करोड ८४ लाख ४५ हजार ६०० रुपैयाँ असुल उपर गर्न अख्तियारले मागदाबी गरेको छ।

सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ मा आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न ठेक्का आह्वान गरेको थियो। उक्त ठेक्का २०७९ मंसीर २६ मा प्रिन्टसेल प्रालिले पाएको थियो। केन्द्र र प्रिन्टसेलबीच प्रतिस्टिकर ८९ पैसाका दरले ४३ करोड ३२ वटा स्टिकर ३८ करोड ५५ लाख ४८ हजार रुपैयाँमा छाप्ने सम्झौता भएको थियो।

यसअघि प्रतिस्टिकर २५ पैसामा छापिँदै आएको थियो। त्यसको तीन गुणाभन्दा बढी रकममा ठेक्का सम्झौता गर्दा भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

प्रतिकृया दिनुहोस

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाकै ज्यान गएको पुष्टि

काठमाण्डाै ।  नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचाैरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाकै ज्यान गएको पुष्टि भएको छ

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

काठमाण्डौ । गोरखाबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेलकोट -८ बेतिनीमा दुर्घटनाग्रस्त हुँदा ७ जनाको मृत्यु भएको छ

बाढी पहिरोले ७ वटा राजमार्गका १७ ठाउँमा पूर्ण अवरोध, १ सय ५२ ठाउँमा एकतर्फी गाडी चल्दै

काठमाण्डाै। सडक विभागका अनुसार बर्खायाम शुरु भएपछि बाढी र पहिरोले अवरोध पुर्‍याएका राजमार्गमध्ये १७ वटा अझै पनि पूर्णरूपमा अवरुद्ध रहेका छन्