एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाकै ज्यान गएको पुष्टि

काठमाण्डाै । नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचाैरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाकै ज्यान गएको पुष्टि भएको छ ।
दुर्घटनास्थलबाट चार जना विदेशी र पाइलट अरुण मल्लको शव निकालिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । हेलिकप्टरमा चार जना चिनियाँ र एक जना पाइलट थिए ।
काठमाण्डौबाट रसुवाकाे स्याप्रुबेसीका लागि उडेको एअर डाइनेस्टीकाे नाइन–एन एजेडी कल साइनकाे हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उज्यालोलाई दिएको जानकारीअनुसार काठमाण्डौबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको एअर डाइनेस्टीको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु
काठमाण्डौ । गोरखाबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेलकोट -८ बेतिनीमा दुर्घटनाग्रस्त हुँदा ७ जनाको मृत्यु भएको छ

बाढी पहिरोले ७ वटा राजमार्गका १७ ठाउँमा पूर्ण अवरोध, १ सय ५२ ठाउँमा एकतर्फी गाडी चल्दै
काठमाण्डाै। सडक विभागका अनुसार बर्खायाम शुरु भएपछि बाढी र पहिरोले अवरोध पुर्याएका राजमार्गमध्ये १७ वटा अझै पनि पूर्णरूपमा अवरुद्ध रहेका छन्

राष्ट्रपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन
प्रतिकृया दिनुहोस