• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024

‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ आज विश्व योग दिवस मनाइँदै

काठमाण्डौ ।  ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ आज विश्व योग दिवस मनाइँदै छ। हरेक वर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । योग एउटा समग्र अभ्यास हो जसमा शारीरिक आसन, प्राणायाम (श्वास अभ्यास), ध्यान र नैतिक सिद्धान्त (यम र नियम) समावेश रहेको हुन्छ ।

 

यो मन, शरीर र आत्माबीच तादम्यता एवम् सद्भावको भावलाई विकसित एवम् त्वरित गर्ने प्रतीक पनि हो । यसले वर्तमानमा केन्द्रित हुँदै तनाव एवम् नकारात्मकताबाट बच्न सिकाउँदछ । योगले आफ्नो जीवनमा शान्ति र सद्भाव खोज्नमा सघाउने योग गुरुहरु बताउँछन् ।

 

योग दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताउनुभएको छ ।

 

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ ।

 

उहाँले योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान पनि गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाकै ज्यान गएको पुष्टि

काठमाण्डाै ।  नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचाैरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाकै ज्यान गएको पुष्टि भएको छ

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

काठमाण्डौ । गोरखाबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेलकोट -८ बेतिनीमा दुर्घटनाग्रस्त हुँदा ७ जनाको मृत्यु भएको छ

बाढी पहिरोले ७ वटा राजमार्गका १७ ठाउँमा पूर्ण अवरोध, १ सय ५२ ठाउँमा एकतर्फी गाडी चल्दै

काठमाण्डाै। सडक विभागका अनुसार बर्खायाम शुरु भएपछि बाढी र पहिरोले अवरोध पुर्‍याएका राजमार्गमध्ये १७ वटा अझै पनि पूर्णरूपमा अवरुद्ध रहेका छन्