• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024

संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।

 

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले गोले घटनास्थलमै मृत फेला परेको जानकारी दिए । घटनाबारे थप बुझ्ने काम भइरहेको उनले बताए । उनका अनुसार गोलेको शवलाई सिभिल अस्पतालमा पठाइएको छ । 

 

मृतक गोले दोलखाको मेलुङ गाउँपालिका ४ का बासिन्दा हुन् । उनी नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए ।

 

काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीका अनुसार आज बिहान उनको ड्युटी ६ बजेदेखि बिहान १० बजेसम्म थियो । उनले करिब ८ बजेतिर आफूले बोकेको इन्सास राइफलले निधारमा गोली हानेका थिए । उनी संसद भवनको दुई नम्बर गेटको वायाँतर्फ रहेको शौचालयमा करिब सवा आठ बजेतिर मृत फेला परेका थिए ।

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बेइजिङ प्लस ३० का लागि एक दिवसीय समीक्षा कार्यशाला गोष्टी सम्पन्न

काठमाण्डौ । महिला मानव अधिकार सम्बन्धी बेइजिङ प्लस ३० का लागि नेपालको आदिवासी जनजाति महिलाहरूको पक्षबाट राष्ट्रिय स्तरको एक दिवसीय समीक्षा

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव