• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार

काठमाण्डाै ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।  हिजो विश्वासको मत पाउनुभएका पाण्डेले आज दुई जना मन्त्री नियुक्त गर्नुभएको हो ।

 

मुख्यमन्त्री पाण्डेले हिजो नेकपा (माओवादी) केन्द्रको ‘ह्विप’ लाई नटेरेर विश्वासको मत दिएका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेलाई मन्त्री बनाउनुभएको छ ।

 

मुख्यमन्त्री पाण्डेले दीपक मनाङेलाई भौतिक पूर्वाधार र नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई ऊर्जा तथा जलस्रोत मन्त्री बनाउनुभएको छ ।

 

उहाँले यसअघि नै टकराज गुरुङलाई आर्थिक मामिला र विन्दुकुमार थापालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइसक्नुभएको थियो ।

 

हिजो नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई, स्वतन्त्र सांसद मनाङे र माओवादीको चुनाव चिह्नबाट जितेका देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका थिए ।

प्रतिकृया दिनुहोस

वर्षात्वसँगै सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्वसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य

लुम्बिनीमा विवादित दुई सांसदलाई मन्त्री बनाएकोमा बिरोध

काठमाण्डौ ।  लुम्बिनी प्रदेशमा विवादित पृष्ठभूमिका दुई सांसदलाई मन्त्री बनाएकोमा सर्वत्र बिरोध भइरहेको छ । एक महिलाको शंकास्पद मृत्यु र जग्गा

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका नेता बहादुर सिंह लामाद्वारा दाबी पेस

काठमाण्डौ। बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गर्नुभएको छ।   मंगलबार एमाले र