• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासकाे मत

काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) काे चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले समेत मत दिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ ।

 

आजको प्रदेश सभामा भएको मत विभाजनमा देवकोटाले माओवादी संसदीय दलको ‘ह्विप’ विपरीत ‘फ्लोर क्रस’ गर्नुभएको छ । मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा ३१ सांसदको मत परेको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिनुभयो ।

 

यसअघि अल्पमतमा परेर मुख्यमन्त्रीको पद गुमाएका पाण्डेलाई आज भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई जना र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेले पनि मत दिनुभएको थियो । यस्तै नेकपा एमालेका २२ र माओवादीका ६ सहित २८ जना सांसदले पाण्डेको विपक्षमा मत हालेका छन् ।

 

आफ्नो पार्टीको ‘ह्विप’ नमानेको भन्दै माओवादीले सांसद फणिन्द्र देवकोटालाई कारबाही गर्ने चेतावनी दिइसकेको छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

काठमाण्डौ ।  सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ

वर्षात्वसँगै सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्वसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य

लुम्बिनीमा विवादित दुई सांसदलाई मन्त्री बनाएकोमा बिरोध

काठमाण्डौ ।  लुम्बिनी प्रदेशमा विवादित पृष्ठभूमिका दुई सांसदलाई मन्त्री बनाएकोमा सर्वत्र बिरोध भइरहेको छ । एक महिलाको शंकास्पद मृत्यु र जग्गा