• मंगलबार ३-१२-२०८१/Tuesday 06-25-2024

फेवातालको मापदण्डभित्र थप भौतिक संरचना निर्माण नगर्न परमादेश जारी

काठमाण्डौ । उच्च अदालत पोखराले फेवातालको मापदण्डभित्र थप भौतिक संरचना निर्माण नगर्नरनगराउन परमादेश जारी गरेको छ । असार मसान्तभित्रै कार्यतालिका बनाएर त्यो कार्यतालिका सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय र उच्च अदालत पोखराको रजिस्ट्रार कार्यालयमा पेश गर्न भनिएको छ ।

 

उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश राजन भट्टराई र न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासले हिजो यस्तो आदेश गरेको हो । त्यसरी बनाइएको कार्यतालिका साउन १ गतेदेखि कार्यान्वयन गर्न पनि उच्च अदालतले आदेश दिएको छ ।

 

अधिवक्ता मनोज घर्ती मगरले फेवातालको सिमसार क्षेत्र पुर्नेहरूविरुद्ध उत्प्रेषण परमादेशको आदेश जारी गर्न माग गर्दै २०८० साल जेठ १७ गते उच्च अदालतमा रिट दायर गर्नुभएको थियो । रिटको प्रारम्भिक सुनुवाइ गर्दै अदालतले गएको जेठ १८ गते अन्तरिम आदेश जारी गरेको थियो ।

 

अदालतले रिटमा हिजो निर्णय सुनाएको हो । उच्च अदालतले तालको मापदण्डभित्र यसअघि निर्मित संरचनाहरू हटाउने र त्यसबाट कायम हुन जाने ताल किनाराको मध्यवर्ती क्षेत्रको सौन्दर्यीकरण गर्न समयसमेत तोकिदिएको छ ।

प्रतिकृया दिनुहोस

संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाण्डौ । संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् ।   चालु आवका लागि सात प्रदेशले तीन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार

काठमाण्डाै ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।  हिजो विश्वासको मत पाउनुभएका पाण्डेले

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासकाे मत

काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) काे चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले समेत मत दिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज