प्रधानमन्त्री कप भलिबल : महिलातर्फको उपाधि नेपाल पुलिस क्लबलाई
![](https://sambadonline.com/uploads/news/images/550727575Screenshot-2024-06-08-154759.png)
काठमाण्डौ । प्रधानमन्त्री कप एनभीए भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई ३–२ को सेटमा हराएर उपाधि जितेको हो । पहिलो दुई सेट पुलिसले जितेको थियो । त्यसपछि लगातार दुई सेटमा एभरेष्टले पुलिसमाथि जित निकाल्यो । अन्तिम तथा निर्णयक सेटमा पुलिसले एभरेष्टलाई १५–१२ ले जित्यो ।
यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लब महिलातर्फ तेस्रो भएको छ । आज भएको खेलमा नेपाल आर्मीलाई ३–० को सेटमा हराएर एपीएफ तेस्रो भएको हो । अहिले पुरुषतर्फको गण्डकी प्रदेश र हेल्प नेपालले खेलिरहेका छन् । गण्डकी शीर्ष र हेल्प नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
पुरुषतर्फ नेपाल पुलिस क्बल तेस्रो भएको छ । पुलिसले त्रिभुवन आर्मीलाई ३–२ को सेटमा हराएर तेस्रो भएको हो । प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ वटा टोली सहभागी थिए । पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन् ।
![](https://sambadonline.com/uploads/news/images/medium/1725723621Screenshot-2024-07-23-080420.png)
महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै
काठमाण्डौ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका
![](https://sambadonline.com/uploads/news/images/medium/1505698100Screenshot-2024-07-21-093439.png)
एशिया कप महिला टी–२० क्रिकेट : नेपालले आज पाकिस्तानसँग खेल्दै
काठमाण्डौ । एसीसी एशिया कप महिला टी–२० क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपालले समूह चरणको आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग
![](https://sambadonline.com/uploads/news/images/medium/1693363079Screenshot-2024-07-19-085642.png)
महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्कामा शुरु हुँदै
काठमाण्डौ । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र यूएई खेल्नेछन् । नेपाल यूएईबीचको खेल
प्रतिकृया दिनुहोस