• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

मधेस प्रदेश: नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाण्डौ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

 

शुक्रबार नियुक्त भएका मुख्यमन्त्री तथा मन्त्री र राज्यमन्त्रीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। जनमत पार्टीका सतिशकुमार सिंहले मुख्यमन्त्रीको शपथ लिए।

 

यस्तै, मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ९ जना मन्त्रीले समेत पद तथा गोपनीयताको शपथ लिए। नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले अर्थ र युवराज भट्टराईले उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीको शपथ लिए। यस्तै, नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास, राजकुमार लेखी शिक्षा तथा संस्कृति, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाल खेलकुद तथा समाजकल्याण मन्त्रीको रूपमा सपथ लिए।

 

यस्तै, एमालेकी शारदा देवी थापा शिक्षा र केशव राय स्वास्थ्य राज्यमन्त्री बनेका छन। नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेलीले उर्जा सिँचाई तथा खानेपानी मन्त्रीको रूपमा शपथ लिइन्। नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी गृह, सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्रीको रूपमा सपथ लिइन्।

 

यस्तै, जनमतकी रञ्जु मण्डल खंग विना विभागीयय राज्यमन्त्री नियक्त भएकी हुन्। बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा विश्वासको मत लिएकोमा बहुमत सदस्यको विश्वासको मत प्राप्त गर्न सकेका थिएनन्।

 

त्यसपछि प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार बिहान १० बजेभित्र मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न आह्वान गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

वर्षात्वसँगै सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्वसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य

लुम्बिनीमा विवादित दुई सांसदलाई मन्त्री बनाएकोमा बिरोध

काठमाण्डौ ।  लुम्बिनी प्रदेशमा विवादित पृष्ठभूमिका दुई सांसदलाई मन्त्री बनाएकोमा सर्वत्र बिरोध भइरहेको छ । एक महिलाको शंकास्पद मृत्यु र जग्गा

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका नेता बहादुर सिंह लामाद्वारा दाबी पेस

काठमाण्डौ। बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गर्नुभएको छ।   मंगलबार एमाले र