• मंगलबार ३-१२-२०८१/Tuesday 06-25-2024

विश्वकप छनोटमा नेपाल यूएईसँग ४–० गोलले पराजित

काठमाण्डौ । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग ४ – शून्य गोलले पराजित भएको छ ।

 

साउदी अरेबियाको दम्मानमा रहेको प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको खेलमा यूएईले दुवै हाफमा २–२ गोल गरेको हो ।

 

यूएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एक,एक गोल गरे । अल्मुशरखले खेलको १२औँ र १४औँ मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औँ र अब्बासले ७५औँ मिनेट गोल गरेपछि यूएईले जित हासिल गरेको हो । नेपालले समूह एचमा लगातार पाँच हार बेहोरेको छ ।

 

यसअघि यूएई विरुद्ध अवे मैदानमा भएको खेलमा पनि नेपाल ४–० गोलले नै पराजित भएको थियो । जितसँगै यूएईले १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । पाँचवटै खेलमा पराजित भएको नेपाल भने अङ्क विहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

टी–२० विश्वकप क्रिकेट अन्र्तगत सुपर आठमा भारतको लगातार दोस्रो जीत

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेट सुपर आठमा गएराति भएको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराउदै जित हासिल गरेकोछ । सुपर आठको खेलमा भारतको यो

युरोकपमा टर्कीलाई हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश

काठमाण्डौ । युरोकप फुटबल २०२४ अन्तर्गत समूह ’एफ’को खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले पराजित गरेको छ । जीतसँगै पोर्चगुल समूह विजेता हुँदै

टी–२० विश्वकप क्रिकेट अन्र्तगत सुपर आठमा भारतको लगातार दोस्रो जीत

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेट सुपर आठमा गएराति भएको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराउदै जित हासिल गरेकोछ । सुपर आठको खेलमा भारतको यो