• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

काठमाण्डौ महानगरपालिकाले गेटमा धुलो खसालिदिएको विषयमा सडक डिभिजन कार्यालयको ध्यानाकर्षण

काठमाण्डाै ।  काठमाण्डौ महानगरपालिकाले गेटमा धुलो खसालिदिएको विषयमा सडक डिभिजन कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरपालिकाले हिजो सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा धुलो खन्याए लगत्तै कार्यालयले यस्ता अराजक व्यवहार सह्य नहुने चेतावनी दिएको छ ।

 

एक विज्ञप्ति निकालेर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका अराजक व्यवहार सह्य नहुने र त्यसको प्रतिकार गर्न बाध्य हुने सडक डिभिजन कार्यालयले उल्लेख गरेको छ ।

 

सडक डिभिजनले विवादको विषय रिङरोड नभई न्युरोड क्षेत्रको बाटो भएको जनाएको छ । न्युरोड क्षेत्रमा मोटर गुड्ने पिच बाटो घटाएर पैदलयात्रीका फुटपाथ बनाउन भन्दै महानगरले हिजो दिउँसो सडक काट्न शुरु गरेको थियो । सडक काटेर चौडाइ घटाउन नपाउने भन्दै सडक डिभिजनले रोक लगाएको थियो । सडक विभागको अनुमतिविना सडकको चौडाइ घटाउने काम गरेको र त्यसमा रोक लगाउँदा विषयान्तर गरेर रिङरोडको विषयलाई जोडेको डिभिजन कार्यालयले जनाएको छ ।

 

काठमाण्डाै महानगरका मेयर बालेन्द्र शाहले हिजो भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै एक ट्रक धुलो उपहार पठाउनुभएको थियो । महानगरको गाडीले सडक डिभिजन काठमाण्डौको गेटमा धुलो खन्याइदिएको थियो ।

 

विगत १५ वर्षदेखि काठमाण्डौका नागरिकले कलङ्कीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारका नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको भन्दै मेयर शाहले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाण्डौ। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।   ललितपुरको हरिसिद्धिस्थित

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।    आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा