• मंगलबार ३-१२-२०८१/Tuesday 06-25-2024

काठमाण्डौ महानगरपालिकाले गेटमा धुलो खसालिदिएको विषयमा सडक डिभिजन कार्यालयको ध्यानाकर्षण

काठमाण्डाै ।  काठमाण्डौ महानगरपालिकाले गेटमा धुलो खसालिदिएको विषयमा सडक डिभिजन कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरपालिकाले हिजो सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा धुलो खन्याए लगत्तै कार्यालयले यस्ता अराजक व्यवहार सह्य नहुने चेतावनी दिएको छ ।

 

एक विज्ञप्ति निकालेर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका अराजक व्यवहार सह्य नहुने र त्यसको प्रतिकार गर्न बाध्य हुने सडक डिभिजन कार्यालयले उल्लेख गरेको छ ।

 

सडक डिभिजनले विवादको विषय रिङरोड नभई न्युरोड क्षेत्रको बाटो भएको जनाएको छ । न्युरोड क्षेत्रमा मोटर गुड्ने पिच बाटो घटाएर पैदलयात्रीका फुटपाथ बनाउन भन्दै महानगरले हिजो दिउँसो सडक काट्न शुरु गरेको थियो । सडक काटेर चौडाइ घटाउन नपाउने भन्दै सडक डिभिजनले रोक लगाएको थियो । सडक विभागको अनुमतिविना सडकको चौडाइ घटाउने काम गरेको र त्यसमा रोक लगाउँदा विषयान्तर गरेर रिङरोडको विषयलाई जोडेको डिभिजन कार्यालयले जनाएको छ ।

 

काठमाण्डाै महानगरका मेयर बालेन्द्र शाहले हिजो भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै एक ट्रक धुलो उपहार पठाउनुभएको थियो । महानगरको गाडीले सडक डिभिजन काठमाण्डौको गेटमा धुलो खन्याइदिएको थियो ।

 

विगत १५ वर्षदेखि काठमाण्डौका नागरिकले कलङ्कीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारका नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको भन्दै मेयर शाहले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस

बकर इद (इदुल जोहा) पर्व मनाइँदै : आज सार्वजनिक बिदा

काठमाण्डौ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा

ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको ज्यान गयो

काठमाण्डौ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं। २ खेजेनिमको तिङ्दुमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते

जलवायू परिवर्तनका प्रभाव न्यूनीकरणमा व्यवहारिक कार्यान्वयनको खाँचो छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायू परिवर्तनका प्रभाव न्यूनीकरणका लागि व्यवहारिक कार्यान्वयनको विषयमा ध्यान दिनुपर्ने बताउनुभएको छ