• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

मधेश सरकारबाट बाहिरियो माओवादी, अल्पमतमा सरकार

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् ।

 

राजीनामा दिनेमा उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साह रहेका छन् ।  साथै माओवादी केन्द्रले आजै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ ।

 

योसँगै मधेश प्रदेसको सरकार अल्पमतमा परेको छ । यहि बैशाख ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिदा ६१ मत पाएका थिए । १०७ सदस्यीय प्रदेश सभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ । माओवादी केन्द्र बाहिरिएपछि अब उनको पक्षम ५२ मत मात्र रहेकोले सरकार अल्पमतमा परेको छ ।

 

मधेशमा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

काठमाण्डौ ।  सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ

वर्षात्वसँगै सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्वसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य

लुम्बिनीमा विवादित दुई सांसदलाई मन्त्री बनाएकोमा बिरोध

काठमाण्डौ ।  लुम्बिनी प्रदेशमा विवादित पृष्ठभूमिका दुई सांसदलाई मन्त्री बनाएकोमा सर्वत्र बिरोध भइरहेको छ । एक महिलाको शंकास्पद मृत्यु र जग्गा