• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

सर्लाही : पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । यस खण्डअन्तर्गत पूर्वमा बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म ३० किलोमिटर ट्र्याक निर्माणको काम भइरहेको हो ।

 

परियोजनाको जारी पहिलो चरणको कामअन्तर्गत रेल मार्गको ट्र्याकमा बेस हाल्नेसम्मको काम सम्पन्न हुने इन्जिनियर भुवनेश्वर यादवले बताउनुभयो । चालु आर्थिक वर्षको अन्तिमसम्ममा ठेक्का अवधिसमेत सकिने भएकाले ठेकेदार कम्पनीले कामको रफ्तार बढाएको उहाँको भनाइ छ ।

 

यस खण्डको केही स्थानमा भने ट्र्याक निर्माणको कामसमेत बाँकी रहेको छ । सागरनाथ वन परियोजना र मूर्तिया वन कार्यालयले रूख कटान नगर्दा काम रोकिएको छ । हरिवन नगरपालिका–५ घुर्कौली क्षेत्रका केही किसानले अझै मुआब्जा लिन नमानेका कारण काम अगाडि बढ्न सकेको छैन ।

 

किसानले जग्गाको मूल्याङ्कन बढाउन माग गर्दै काम गर्न अवरोध गरिरहँदा त्यस क्षेत्रमा कामको प्रगति शून्य छ । वन कार्यालयलेसमेत भर्खरै रूख कटानको ठेक्का लगाएको रेल्वे आयोजना कार्यालय लालबन्दीले जनाएको हो । ढिलो गरी रूख कटानको तयारी भएकाले समयमै काम सम्पन्न हुनेमा अझै शङ्का रहेको परियोजनाका सूचना अधिकारी यादवले बताउनुभयो ।

 

यस योजनाको आर्थिक वर्ष २०७४/७५ मा ठेक्का लागेको थियो । लगत्तै ठेकेदार कम्पनीले निर्माण आरम्भ गरेको थियो । पछिल्लो समय बजेट अभावलेसमेत कामको गति सुस्त बनेको उहाँको भनाइ छ । ठेकेदार कम्पनीले काम सम्पन्न गरिसक्दासमेत भुक्तानी पाउन बाँकी रहेको आयोजना कार्यालय लालबन्दीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

वर्षात्वसँगै सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्वसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य

लुम्बिनीमा विवादित दुई सांसदलाई मन्त्री बनाएकोमा बिरोध

काठमाण्डौ ।  लुम्बिनी प्रदेशमा विवादित पृष्ठभूमिका दुई सांसदलाई मन्त्री बनाएकोमा सर्वत्र बिरोध भइरहेको छ । एक महिलाको शंकास्पद मृत्यु र जग्गा

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका नेता बहादुर सिंह लामाद्वारा दाबी पेस

काठमाण्डौ। बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गर्नुभएको छ।   मंगलबार एमाले र