• बुधबार २-१६-२०८१/Wednesday 05-29-2024

कोशीमा नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा शपथ, दुईजना बिनाविभागीय मन्त्री

काठमाण्डौ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो शपथ लिनुभएको छ ।

 

प्रदेश प्रमुख परशुराम खापुङले उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । यसअघि हिजै प्रदेश प्रमुखले ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेपछि कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

 

कार्कीलाई आफ्ना ३९ र माओवादी केन्द्रका १३ सांसदको साथ छ । शपथलगत्तै कार्कीले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । एमालेबाट रामबहादुर रानामगर तथा माओवादीवाट गणेश उप्रेती बिनाविभागीय मन्त्री बन्नुभएको छ ।

 

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की भने सर्वोच्च अदालत पुग्नुभएको छ ।

प्रतिकृया दिनुहोस

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत काम सकिएको छ । आयोजनाअन्तर्गत नेपालगञ्जको नन्दनी मिलदेखि

महानगरले गौशालामा मापदण्ड विपरीतका संरचना भत्कायो

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर टहरा भत्काएको छ ।   आइतबार महानगरपालिकाले मापदण्ड विपरीत जग्गा

नेपाल भारत जमुनाहा नाका आज रातीबाट बन्द हुँदै

बाँकेको नेपाल भारत जमुनाहा नाका आजदेखि दुई दिन बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमा