• बुधबार २-१६-२०८१/Wednesday 05-29-2024

मैत्रीपूर्ण फुटबलमा आज राति नेपाल र इङ्ग्ल्यान्ड 'सी' खेल्दै

काठमाण्डाै ।  नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्यान्डको ‘सी’ टोलीबीचको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण फुटबल आज राति हुँदैछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे एल्डरशटमा रहेको ईबीबी स्टेडियममा हुनेछ ।

 

यसअघि गएको शुक्रवार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले गोलरहित बराबरी खेलेको थियो । एल्डरशटमा रहेको मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोलीसँग गोलरहित बराबरी खेलेको थियो ।

 

दुई वटा मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोली इङ्ग्ल्यान्ड गएको हो ।

प्रतिकृया दिनुहोस

कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जित्यो

काठमाण्डौ ।  कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।   गएराति भएको फाइनलमा सनराइजर्स

एशिया कपका लागि इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाण्डौ । एसीसी महिला एशिया कप क्रिकेटको बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले लागि आज इन्दु

१५ औँ एनएसकेए अन्तर्राष्ट्रिय कराँते शनिबारदेखि, प्रतियोगितामा ६ देशको सहभागीता रहने 

काठमाण्डौ । नेपाल सोतोकान कराते सङ्घको आयोजनामा १५ औँ एनएसकेए अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता पर्सि शनिबारदेखि हुने भएको छ ।   प्रतियोगितामा