• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत

काठमाण्डौ ।  नेपालले वेस्ट इण्डिज ए विरूद्ध सहज जित निकालेको छ। अन्तिम खेलमा वेस्ट इण्डिज ए ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको हो।

 

नेपालको लागि आशिफ शेख र अनिल शाहले अर्थशतक पूरा गरेका थिए । ओपनर कुशल भुर्तेल १३ रनमा आउट हुँदा आशिफ ५१ र अनिल ५८ रन बनाएर आउट भएका थिए । आशिफ आउट भएर क्रिजमा आएका कशुल मल्लले अविजित ३७ रन बनाएर । त्यस क्रममा उनले ३ छक्का र ३ चौका प्रहार गरे । त्यस्तै दीपेन्द्रसिंह ऐरी ५ रन बनाएर बाहिरिए । दीपेन्द्रको स्थानमा आएका कप्तान रोहित पौडेल विना बलको सामना अविजित रहे ।

 

बलिङतर्फ वेस्ट इन्डिज ‘ए’ का अबेड मक्वे एक्लैले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए । त्यस्तै म्याथ्यु फोर्डले एक विकेट लिए । कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

 

वेष्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्ज सर्वाधिक ३५ रनमा अविजित रहे । रोस्टन चेसले ३३ र जोन्सन चार्ल्सले २४ रन बनाए । फाबिएन एलेन ३३ रनमा अविजित रहे । बलिङतर्फ नेपालका सागर ढकाल र सोमपाल कामीले ३(३ विकेट लिए । सोमपालले एकैओभरमा दुई विकेट लिएका थिए । त्यस्तै अविनाश बोहोराले एक विकेट लिए ।

 

यससँगै वेस्ट इण्डिजले ३-२ले सिरिज आफ्नो पक्षमा पारेको छ।

प्रतिकृया दिनुहोस

महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै

काठमाण्डौ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका

एशिया कप महिला टी–२० क्रिकेट : नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाण्डौ ।  एसीसी एशिया कप महिला टी–२० क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ ।   नेपालले समूह चरणको आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग

महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्कामा शुरु हुँदै

काठमाण्डौ । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र यूएई खेल्नेछन् । नेपाल यूएईबीचको खेल