• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

मे दिवसको तयारीबारे सोमबार पत्रकार सम्मेलन गर्दै जिफन्ट

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैशाख १९ गते काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने बृहद मजदुर समारोहको तयारी पुरा भएको बताएको छ । अन्तराष्ट्रिय श्रमिक दिवस (मे दिवस) का कार्यक्रम सार्वजनिक गर्न जिफन्टले सोमबार (१७ गते) दिनको १ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । 

 

 जिफन्टले ‘नयाँ सामजिक सम्झौताका लागि सुदृढ लोकतन्त्र, सामाजिक सुरक्षा र मर्यादित रोजगारी सहितको अर्थतन्त्र” भन्ने नाराका साथ  १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाउने लागिएको हो । 

 

जिफन्ट महासचिव लक्ष्मण शर्माका अनुसार पुतलीसडकस्थित आफ्नै केन्द्रीय कार्यालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै नेपाली श्रम बजारको अवस्थाबारे गरेको अध्ययन प्रतिवेदन समेत सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । 

 

पछिल्ला समयमा सरकारमा सहभागी श्रम मन्त्रीहरूको मजदूरहरूप्रतिको व्यबहार र कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गर्दै आएको जिफन्टले भोलीको पत्रककार सम्मेलनमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । 

यसबारे जिज्ञासा राख्दा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले सोमबारको पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्ने बताउनु भयो ।

 

“सरकार कहाँनेर चुक्यो, त्यो हामी पत्रकार सम्मेलनमा भन्नेछौं ।” नेकपा एमालेका पलिटब्यूरो सदस्य समेत रहनु भएका श्रेष्ठले प्रतिकृया दिनुभयो ।

 

 

प्रतिकृया दिनुहोस

श्रमाधान रोजगार मेला आज समापन हुँदै : १० हजारभन्दा धेरै युवाको आवेदन

काठमाण्डौ । सरकारले गएको १७ गतेदेखि शुरु गरेको श्रमाधान रोजगार मेला आज समापन हुँदैछ । कोशी प्रदेशको विराटनगरबाट शुरु भएको मेला आज बाग्मती प्रदेशको

काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दै

काठमाण्डौ ।  काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दैछ ।   सिप मेलाबाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग

श्रमाधान रोजगार मेला आज र भोलि पोखरामा हुँदै

गण्डकी प्रदेशको पोखरामा आज र भोलि श्रमाधान रोजगार मेला हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय