• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दै

काठमाण्डौ ।  काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दैछ ।

 

सिप मेलाबाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग भेट गराउन ‘रोजगार मेला’ आयोजना गर्न लागेको हो । महानगरको शहरी योजना आयोगका सदस्य एवम् सिप मेला निर्देशक समितिका सदस्य इञ्जिनियर शैलेन्द्र झाकाअनुसार टुँडिखेलमा हरेक विधासँग सम्बन्धित प्रदर्शनी स्थल हुनेछन् । यी स्थलमा प्रशिक्षार्थीले प्रशिक्षणका क्रममा सिकेको सिप र यसबाट प्राप्त भएको दक्षताबाट उत्पादन गरेका वस्तु तथा सामग्री राखिनेछन् । सामग्री उत्पादन नहुने खालका सिपका बारेमा भिडियो प्रदर्शनी र आपसी कुराकानी हुनेछ ।

 

यससँगै त्यस पेशासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिको नाम, सम्पर्क नम्बर र उनीहरुले तालिम लिएको पाठ्यक्रम प्रदर्शन हुनेछ । यस कार्यक्रममार्फत रोजगारदाताले आफूलाई आवश्यक पर्ने जनशक्तिका बारेमा जानकारी लिने र रोजगारीका लागि उनिहरुलाई सम्पर्क गर्न सक्ने महानगरले जनाएको छ ।

 

मेला दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । गएको वैशाख १९ गतेदेखि  टुँडिखेलमा १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम शुरु गरिएको थियो । जेठ २० गते तालिम सकिएपछि २२ गते रोजगार तथा स्वरोजगार सिपमूलक तालिम, यसको तह तथा योग्यता परीक्षण र प्रमाणिकरणका लागि कसले कस्तो नीति बनाउनुपर्ला भन्ने विषयमा नीति संवाद कार्यक्रम आयोजना गरिएको थियो ।

 

संवादमा अप्रमाणित दक्ष, प्रमाणित दक्ष, अप्रमाणित अर्धदक्ष तथा अदक्ष र प्रमाणित अर्धदक्ष तथा अदक्ष जनशक्तिको व्यावसायिक सिप परीक्षण, स्तर र योग्यताको विषयमा छलफल गरिएको थियो ।

प्रतिकृया दिनुहोस

श्रमाधान रोजगार मेला आज समापन हुँदै : १० हजारभन्दा धेरै युवाको आवेदन

काठमाण्डौ । सरकारले गएको १७ गतेदेखि शुरु गरेको श्रमाधान रोजगार मेला आज समापन हुँदैछ । कोशी प्रदेशको विराटनगरबाट शुरु भएको मेला आज बाग्मती प्रदेशको

श्रमाधान रोजगार मेला आज र भोलि पोखरामा हुँदै

गण्डकी प्रदेशको पोखरामा आज र भोलि श्रमाधान रोजगार मेला हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

मधेश प्रदेशको जनकपुरधाममा आज र भोलि ‘श्रमाधान रोजगार मेला’ हुँदै

काठमाण्डौ । मधेश प्रदेशको जनकपुरधाममा आज र भोलि ‘श्रमाधान रोजगार मेला’ हुँदैछ ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवम्