• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

विराेध र बहिष्कारबीच इजरायली प्रधानमन्त्री नेतन्याहुको सम्बोधन, ‘हमासमाथिकाे कारबाही राेकिँदैन’

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विद्रोही समूह हमासको पूर्णरूपमा अन्त्य नभएसम्म गाजामा आक्रमण नरोकिने बताउनुभएको छ ।

 

विरोध र बहिष्कारकाबीच अमेरिकी कांग्रेसको संयुक्त सभामा सम्बोधन गर्दै नेतन्याहुले हमासमाथिको कारबाही नरोकिने बताउनुभएको हो ।

 

यसअघि पनि इजरायलले हमासविरुद्धको कारबाही नरोकिने बताउँदै आएको थियो । अमेरिकी संसदमा नेतन्याहुले सम्बोधन गर्दैगर्दा सत्तारूढ डेमोक्रेटिक पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका थिए भने धेरैले विरोध जनाएका थिए । उनीहरूले आफूहरू हिंसा र नरसंहारको विरोधी भएको बताएका बीबीसीले जनाएको छ ।

 

प्यालेस्टाइनको हमास समूह, इरान, लेबनानको हिजबुल्लाह समूह तथा यमनको हुथी विद्रोहीमाथिको कारबाहीमा इजरायल जुटेको भन्दै नेतन्याहुले अमेरिकी समर्थन र सहयोगको लागि आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बङ्गलादेशको अन्तरिम सरकार प्रमुख युनुसको शपथ, मन्त्रिपरिषदमा दुई जना विद्यार्थी नेता पनि

एजेन्सी । बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ लिनुभएको छ ।   उहाँले अन्तरिम

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

काठमाण्डौ ।  बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्।   नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद