चेपाङ महिलामा हुने हिँसा न्यूनिकरणको प्रयास गर्नेछौं : सभापति साह

काठमाडौं । प्रतिनिधिसभा अन्तरको महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले चेपाङ समुदायका महिला माथी हुने हिँसा न्यूनिकरणका लागि संसदको विषयगत समितिले अर्थपूर्ण प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) ले चेपाङ महिला माथी हुने गरिएका लैङ्गिक हिँसाका घटनाबारे गरिएको अनुसन्धान प्रतिवेदन वैशाख १४ गते (शुक्रबार) सार्वजनिक गर्दै साहले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका साहले निफले संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम र इच्छाकामना गाउँपालिकासँग मिलेर चेपाङ महिलामा हुने लैंङ्गिक हिँसा न्युनिकरणका लागि अध्ययन अनुसन्धान थालनी गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
"समृद्ध सांस्कृतिक सम्पदा भएको चेपाङ महिलाहरूले लैङ्गिक हिँसा र सामाजिक असमानता व्यहोर्नु दुःखद छ, यसको लागि सामूहिक प्रतिवद्धताको खोचो छ ।" साहले भन्नुभयो ।
मञ्चकी अध्यक्ष सुनी लामाको अध्यक्षतामा काठमाडौको नयाँबानेश्वरमा आयोजित सार्वजनिकीकरण कार्यक्रममा अध्ययनका मुख्य शोधकर्ता एवम् मानवशास्त्री अमीत लामाले चेपाङ महिलामा माथी हुँदै आएका लैङ्गिक हिँसाको अवस्थाबारे अध्ययन निष्कर्षहरू सुनाउनु भयो ।
सार्वजनिक गरिएको प्रतिवेदन अनुसार चेपाङ महिलामा सबैभन्दा बढी शारीरिक हिँसा ९३ प्रतिशत श्रीमानबाट हुनेगरेको छ । निफका तर्फबाट लामाले सहायक सोधकर्ता मनमाया चेपाङको सहयोगमा सो अध्ययन गर्नुभएको बताउनु भयो ।
चितवनको इच्छाकामना गाउँपालिका अन्तरगतका विभिन्न ६ वटा चेपाङ टोलका १ सय १८ चेपाङ महिला माथी गरिएको सो अध्ययनले शारिरीक हिँसा, भावनात्मक हिँसा, मनोवैज्ञानिक हिँसा र यौन हिँसाका अवस्थाहरू समेटिएको कार्यक्रममा जानकारी गराएको थियो ।
१५ देखि ५५ वर्ष उमेर समूहका चेपाङ महिलामाथी गरिएको सो अध्ययन प्रतिवेदनमा साधारण लेखपढ गर्नसक्ने १६ जना रहेका छन् । ११८ जना सूचनादाता मध्ये १०२ जनाले भागी विवाह गरेको बताएका छन ।
अध्ययन निष्कर्षका अनुसार अधिकांस चेपाङ महिला कम उमेरमा नै बिवाह गर्ने र सन्तान जन्माउनेमा पर्दछन् । ७८ प्रतिशत चेपाङ महिलाहरूको १९ बर्ष भन्दा कम उमेरमा नै बिवाह भएको प्रतिवेदनले जनाएको छ ।
ती महिलाहरूमा स्थानीय तह अन्तरगत रहेको न्यायिक समितिबारे समेत अनभिज्ञ रहेको सार्वजनिक अध्ययन निष्कर्षले बताएको छ ।
अध्ययनको निष्कर्षबारे प्रस्तुतिकरणमा मुख्य शोधकर्ता लामाले चेपाङ वस्तीमा सचेतनाको थालनी गर्नुपर्ने, स्थानीय सरकारले हिँसात्मक कार्यको रोकथाम र सुरक्षात्मक कार्यक्रम लागूगर्नुपर्ने, न्यायिक समितिलाई सम्बन्धित महिला समुदायमा सक्रिय बनाउनुपर्ने लगायतका विभिन्न ८ बुँदे सिफारिस समेत गर्नुभयो ।
सार्वजनिक गरिएको अध्ययन निष्कर्षबारे संसदको विषयगत समिति महिला तथा सामाजिक मामिला समितिका सचिव इन्द्रविलास पौडेलस्थानीय सरकार विज्ञ डाक्टर सङ्ग्रामसिंह लामा, पद्मकन्या कलेजकी लैङ्गिक अध्ययन विषयका विज्ञ माला राई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय उपाध्यक्ष अमरध्वज लामा, आदिवासी महिला कानुनी सचेतना समूहका उपाध्यक्ष एवम् वरिष्ठ अधिवक्ता उमा तामाङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव शोभा सुनुवार, अपाङ्ग महिला संघकी सचिव सुनिता थापा लगायतले टिप्पणी एवम् सुझाव राख्नु भएको थियो ।
कार्यक्रममा इच्छाकामना गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममाथि लैङ्गिक समानता र सामाजिक समावेशिता तथा आदिवासी दृष्टिकोणबाट समीक्षा गरिएको थियो ।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) की अध्यक्ष सुनी लामाले अध्ययनका निष्कर्षलाई यतिमै सिमित नराखिने बताउनु भयो । उहाँले चेपाङ महिलाको सशक्तिकरणका सवालमा अध्ययन प्रतिवेदन सहित इच्छाकामना गाउँपालिकासँग अन्तरक्रिया गरिएको बताउनु भयो । अध्यक्ष लामाले चेपाङ महिला लायत सिमान्तकृत समुदायका सवालहरूलाई निफले अन्तरराष्ट्रिय मञ्चहरूमा समेत उठाउँदै आएको बताउनु भयो ।

राष्ट्रसङ्घीय कमिटीमा नेपालकी राणा निर्वाचित
एजेन्सी । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा

सुनकोशी-२ आयोजनाका कारण माझी महिलाको अस्तित्व संकटमा
काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालीका अन्तरगतका माझी महिलाहरूले आफ्नो अस्तित्व नामेट पार्नेगरी सुनकोसी-२ आयोजना कार्यान्वयन गर्न लागिएको

अखिल नेपाल महिला संघ भोजपुरको अध्यक्षमा ज्योत्सना राई निर्वाचित
काठमाडौं । अनेमसंघ भोजपुरको अध्यक्षमा ज्योत्सना राई निर्वाचित हुनुभएको छ । अखिल नेपाल महिला संघ भोजपुरको दोस्रो जिल्ला सम्मेलनले सर्वसम्मत
प्रतिकृया दिनुहोस