• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

राष्ट्रसङ्घीय कमिटीमा नेपालकी राणा निर्वाचित

एजेन्सी । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित हुनुभएको छ ।

 

उनी उक्त पदमा उहाँ दोस्रोपटक निर्वाचित हुनुभएको हो । शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।उहाँले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार समाल्नुहुनेछ ।

 

नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो ।

 

तेइस सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ । उक्त समितिको कार्यालय जेनेभामा रहेको छ ।

प्रतिकृया दिनुहोस

सुनकोशी-२ आयोजनाका कारण माझी महिलाको अस्तित्व संकटमा

काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालीका अन्तरगतका माझी महिलाहरूले आफ्नो अस्तित्व नामेट पार्नेगरी सुनकोसी-२ आयोजना कार्यान्वयन गर्न लागिएको

चेपाङ महिलामा हुने हिँसा न्यूनिकरणको प्रयास गर्नेछौं : सभापति साह

काठमाडौं । प्रतिनिधिसभा अन्तरको महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले चेपाङ समुदायका महिला माथी हुने हिँसा न्यूनिकरणका लागि

अखिल नेपाल महिला संघ भोजपुरको अध्यक्षमा ज्योत्सना राई निर्वाचित

काठमाडौं । अनेमसंघ भोजपुरको अध्यक्षमा ज्योत्सना राई निर्वाचित हुनुभएको छ ।   अखिल नेपाल महिला संघ भोजपुरको दोस्रो जिल्ला सम्मेलनले सर्वसम्मत